
Unsku
Lnp
pku
Rgp
Ggp
Rgp1
Srbpu
Pbu
Sgr

Rgu
Wsp
Rgs
Sbs
Ssm
Ggd
Pvg
Vor
nsb
Bbbpu
Rsb
Rgu
Gst
Bbu
Asm
Tsm
Ksm
Sls
Hal

bbt
Pls
Ptm
Gsb
sab
Bml
Rpp
Abd
Jmb
Rmb
Jmb
Syp
Mks
दाङ । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा ।
सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आबस्यक्ता पुर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा । साहरा बन्नुपर्ने छोराहरु अलग भएपछि बुढेसकालमा पनि उनलाई बाध्यता आईलाग्यो । भएका २ छोरा पनि बिबाह गरेर अलग भान्सा गर्न थाले । ४ छोरीहरु सबै घरगृहस्थीमा छन ।
शेरबहादुरका ९७ बर्षिय आमा आफैसँग छन तर उनका छोराहरु उनिसँग छैनन् । परिस्थितीले बृद्ध आमा र श्रिमतीको लागि बुढेसकालमा पनि उनलाई थप जिम्वेवार बन्नुपर्ने अबस्था आईलाग्यो । फलत: उनको परिवारको साहरा ‘माहुरी’ बन्न पुग्यो । उमेरले ७६ बर्ष पुगेका लमही-७ बन्गैँका शेरबहादुर बुढा बिहानैदेखी माहुरीको हेरचाहमा ब्यस्त हुन्छन । मह निकाल्ने, घार सफागर्ने, माहुरीको आहरा चिनी राख्दिने गर्दैमा उनको दिनचर्या चल्छ । माहुरीलाई उनले आफ्नै घरको सदस्य सम्झिन्छन ।
‘माहुरीले साह्रै मेहनत गरेर रस भर्छ है बुवा? भन्ने प्रश्नमा उनले भने-खासमा मान्छे पापी हुन्छ के, तर माहुरीले मेरो परिवार पालेको छ, त्यसैले त माहुरी मेरो परिवारको एक अंश होनि ।’ शेरबहादुरको परिवार खाने देखि लगाउने, औषधीउपचार सबै माहुरीमै भर परेको छ । गरुङ्गो काम गर्न नसक्ने शेरबहादुरले कम मेहनत लाग्ने माहुरी ब्यबसायीमा लागेको बताउछन । ‘बुढोपनि भईयो, गरुङ्गो काम गर्न सकिँदैन, दम बढिहाल्छ उनले भने-आमा श्रीमती र मेरो लागि खान पर्यो, लाउन पर्यो, उपचार त छँदैछ, सबै माहुरीबाटै जिविको चलेको छ ।’
शेर बहादुर सँग अहिले ५० ओटा आफ्नै माहुरी घार छन । त्यो घार ५ ओटाबाट बढेर ५० मा पुगेको हो । २०७४ सालमा माहुरी पाल्ने शोकमा रहेका शेरबहादुर लाई कृषि बिकाश कार्यालय घोराहीले ५ ओटा घार अनुदानमा दिएको थियो । त्यसबाट बिस्तारै बढाउँदै ५० ओटा घार पुर्याएका छन । शेरबहादुरले बार्षिक सरदरमा दुईपटक मह निकाल्छन । उनले सरदरमै उत्पादन भएको ५ सय किलो मह बार्षिकरुपमा २ लाख ५० हजार बढी रुपैयामा बेच्दै आएको बताए । स्थानिय स्तरमा बेच्ने र बचेको मह घोराही डिलरलाई दिँदै आएकोले कहाँ बेच्नु भन्ने चिन्तापनि छैन उनलाई ।
शुरुमा घार थोरै हुँदा उत्पादनपनि कम हुने र पारिवारिक खर्चमा हम्मेहम्मे पर्ने गरेको शेरबहादुर बताउँछन । ‘शुरुमा त खर्च धान्न गाह्रो भयो, घारपनि थोरै थिए, बिस्तारै घार बढाए शेरबहादुरले भने- अबभने आम्दानी ठिकै छ, बर्सेनि केही रकम बचाउनपनि सकिएको छ ।’ आम्दानीको गतिलो स्रोत माहुरी बनेपछी शेरबहादुरको परिवारलाई अरुको भरपर्न परेको छैन । यसरी नै माहुरी र मह शेरबहादुरको साहरा बन्दै परिवारलाई खुसी छरेको छ ।
