Sidha Patra बुधबार, चैत्र २१, २०८०

दाङ । दाङमा यात्रुबहाक बस एकआपसमा ठोक्किदा २२ जना घाईते भएका छन् । २२ जना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा नम्बर २ लालमटीयाका ७८ वर्षिय चन्द्र कमला थापा रहेका छन् । उनीहरुको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।

त्यस्तै बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए । थप विवरण आउन अझै बाँकी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]