
Gsbus
Gsl
syysr
gms
Ssbus
Ddhbs
Amb
Csbus
dsbus
Bksbus5
Rbs
Pbu
Syees
Jsbus
Ratbs
Nssbus7

Pvg
Wsp
Ggd
Asm
Vor
Rgs
Hal
Bbbpu
nsb
Ksm
Rsb
Ssm
Rgu
Gst
Rgu
Sbs
Tsm
Bbu
Sls

Bml
Ptm
Jmb
Gsb
sab
Rmb
Abd
Mks
bbt
Rpp
Pls
Syp
Jmb
काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँ छन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।
किम्बदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए ।
तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए । अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ ।
भनिन्छ, पहिलेको क्यालेण्डरमा अप्रिल महिनादेखि नयाँ वर्ष सुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संशोधन गरी जनवरीदेखि नयाँ वर्ष सुरु गरियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौँले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष सुरु हुने घोषणा गरे । जनताले राजाज्ञालाई स्विकारेर पहिलो जनवरीलाई वर्षको सुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रूपमा स्विकार्न सकेनन् । उनीहरूले पहिलो अप्रिललाई नै वर्षको सुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरूको दिन’ भनी नामकरण गरे । यसरी पहिलो अप्रिललाई वर्षको सुरुवात मान्नेहरूलाई उनीहरूले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरूलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरूलाई मूर्ख बनाउने प्रचलनको सुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।
त्यस्तै अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दाबी पनि छन् । एक किम्बदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको सङ्केत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अर्थ्याएका छन् र यति बेला पनि झुक्याउने खेल हुन्थ्यो भनेका छन् । यद्यपि, १ अप्रिल कहीँ उल्लेख छैन । केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् ।
अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किम्बदन्ती प्रचलनमा छन् । १९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैँ चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल ।
