
Rgp1
Pbu
Srbpu
pku
Ggp
Unsku
Sgr
Rgp
Lnp

Sls
Pvg
Ggd
Vor
Ssm
Tsm
Hal
Gst
Rgu
nsb
Rsb
Rgs
Asm
Sbs
Wsp
Rgu
Bbu
Ksm
Bbbpu

Jmb
bbt
Syp
Pls
Rmb
Jmb
Ptm
Mks
Abd
Rpp
Bml
Gsb
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा आगलागी हुँदा एक घर,गोठ जलेर नष्ट भएको छ ।
आइतबार आज बेलुका बाग्दुला टोलका वीरबहादुर बिकको घर,गोठमा अन्दाजी साढे पाँच बजेतिर विद्युत लाइन मिटरको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लत्ताकपडा,भाडाकुडा लगायत सम्पूर्ण सरसामान जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको बेला प्रहरी चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल शाहले जानकारी दिए ।
आगोलाई गढवा गाउँपालिकाको दमकल, प्रहरी,स्थानीय बासीले साढे ६ बजेतिर निभाएर नियन्त्रणमा लिइ वरपरका घर,गोठ बचाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै घरमा आगलागी भएको खबर पाउदा साथ तत्काल राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले खाद्यान्न स्वरुप राहत लगेर अग्नि पीडित बिकलाई प्रदान गरेका छन् । अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाको तर्फबाट चामल,दाल, नून,तेल लगायतको राहत हस्तान्तरण गरेका हुन् । आगलागी बाट घर,गोठ जलेर नष्ट भएपछि घर बिहिन भएका बिकलाई गाउँपालिकाबाट हुने सहयोग गर्ने र विभिन्न निकायलाई पहल गर्ने अध्यक्ष बुढाथोकीले सीधा-पत्र डटकमलाई जानकारी दिए ।

