
Dbs
ksb
Lnp
Ggp
Asb
Rgp
Dus
Ggp
Rgp
lnp
Sgp
Usb
Rgp
Lks
Jns
Rgp
Pbu


दाङ । अनुमती विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन् । बालुवा वासिङको अनुमती लिएर क्रसिङ्ग गर्दै आईरहेका जिल्लाका १० वटा क्रसर बन्द गरिएको हो ।
लमही क्षत्रका पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, जय बागेश्वरी बालुवा प्रशोधन उद्योग,गढवा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
त्यस्तै तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा.लि.,जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको हो ।
अनुमति बिपरित काम गरेको हुँदा क्रसिङको काम बन्द गर्नु परेको हो,’आचार्यले भने, ‘हामीले दिएको सवयावधि भित्र सञ्चालक आफैंले क्रसिङ बन्द गरेका छन् ।’ दाङमा १२ वटा क्रसर उद्योग दर्ता भएपनि जम्मा १० वटा सञ्चालनमा छन् । जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् तर, त्यसमध्ये ६ वटा बन्द छन् ।
जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द गर्नु परेको प्रजिअ आचार्यले दाबी गरे। गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो ।
सोही अनुरूप जिल्ला प्रशासन कार्यालयले अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गर्न १५ दिनको समयसिमा तोकेको थियो । बन्द भनिएका १० क्रसर उद्योगले वासिङको काम भने गर्न पाउने छन् ।
