
Rgp
Srbpu
Ggp
Pbu
Rgp1
pku
Unsku
Sgr
Lnp

Bbbpu
Ksm
Pvg
Sbs
Vor
Rgs
Hal
Wsp
nsb
Gst
Tsm
Sls
Bbu
Asm
Rgu
Rsb
Ggd
Ssm
Rgu

Bml
Jmb
Syp
Abd
Jmb
Pls
Ptm
Gsb
bbt
sab
Rpp
Mks
Rmb
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ ।
बिहीबार आज बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिए । गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर मोटरसाइकल पार्किङ गरेर परीक्षा हलमा प्रवेश गरेपछि करिब ११–२ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताए ।
त्यस्तै परीक्षा हलबाट बाहिर निस्केपछि मात्रै मोटरसाइकल प्रांगणमा नभएको थाहा भएको उनले बताए । साथै उनले मोटरसाइकल हराएको उजुरी प्रहरीमा दिइसकेको पनि बताए । तर मोटरसाइकल हराएको उजुरी आइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए । यस्तै मोटरसाइकल फेला पार्नु हुनेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न गौतमले अनुरोध गरेका छन् ।
यसैबिच पछिल्लो समय पश्चिम दाङमा मोटरसाइकल चोरीका घटना दिनप्रति बढ्दो छ । तर प्रहरी प्रसाशन भने यस विषयमा बेखबर बन्ने गरेको छ । समयमै उजुरी दर्ता गरेपनि त्यसलाई गम्भीरतापूर्व नलिने गरेको पिडितहरुको गुनासो छ ।
त्यस्तै चोरी हुनुको मुख्य कारण सिसी क्यामराको जडान नगरेको भन्दै प्रहरी पन्छिने गरेको छ । विशेष गरेर पछिल्लो समय तुलसीपुर क्षेत्रमा सुरक्षा चुनौती बढ्दो रहेको जनाइएको छ ।
