दाङ । तुलसीपुर – अमिलिया सडक खण्डको अम्राई खोला नजिक अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
तुलसीपुरबाट अमिलिया तर्फ आउदै गरेको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो । त्यस्तै उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।