
gms
Gsbus
Csbus
Nssbus7
Ssbus
Bksbus5
dsbus
Ratbs
Amb
Ddhbs
Rbs
Gsl
Pbu
Jsbus

Rgu
Pvg
Rgu
Tsm
Asm
Bbbpu
Ksm
Sbs
Rgs
Bbu
Ssm
Wsp
Hal
Gst
nsb
Vor
Sls
Rsb
Ggd

Pls
Syp
Ptm
Abd
Rpp
bbt
Mks
Jmb
Gsb
Bml
Jmb
sab
Rmb
काठमाडौँ । आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । एसइईलाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो । यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।
त्यस्तै देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिएका छन् ।
