
Lnp
Rgp1
Sgr
pku
Srbpu
Unsku
Rgp
Ggp
Pbu

Rsb
Tsm
Bbu
Pvg
Sls
Rgs
Asm
Rgu
Ggd
Bbbpu
Ksm
Sbs
Vor
Rgu
nsb
Hal
Gst
Wsp
Ssm

Bml
Gsb
Jmb
Abd
Rmb
Ptm
Syp
Mks
sab
Jmb
bbt
Pls
Rpp
पाल्पा । पाल्पाबाट एक नाल अवैध भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन् ।
सोमबार बेलुका करिब ८ बजेतिर रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ पहेलाघाटबाट एक नाल अवैध भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका ८ इटिया बस्ने ५६ वर्षिय विनोद थापा, रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने ३१ वर्षिय सन्तोष राना र सोही नगरपालिका वडा नं. १० बस्ने ४१ वर्षिय सुकई थारु रहेका छन् । प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा बाटोमा हिडिरहेको बेला चेकजाँच गर्दा सुकई थारुको साथबाट भरुवा बन्दुकमा लाग्ने छर्रा र बारुद बरामद गरेको छ ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा रैनादेवी छहरा गाउँपालिका ७ धावा बस्ने २४ वर्षिय बुद्ध बहादुर भन्ने रमेश कुमालको घरमा बन्दुक लुकाएर राखेको भन्ने प्रहरीलाई बयान दिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
