
Pbu
Unsku
Rgp1
Lnp
Rgp
pku
Srbpu
Ggp
Sgr

Asm
Vor
Rgu
nsb
Rgu
Rgs
Ksm
Bbu
Hal
Bbbpu
Wsp
Ssm
Sbs
Tsm
Sls
Ggd
Gst
Rsb
Pvg

Jmb
Jmb
Bml
Pls
Mks
Gsb
Abd
sab
Ptm
Rmb
bbt
Rpp
Syp
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको घटना रिसइबी र मदिरा सेवनका कारण दुई समुहमा झडप भएर भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै ललितपुर परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले भने, ‘उनीहरुबीच ठूलो रिसइबी अहिलेसम्म केही देखिएको छैन । मात्रै एउटा समूहले अर्को समूहलाई हेप्ने र दबाउने गरेको भन्ने देखिएको छ, सामान्य रिसइबी भए पनि दुई समूह अत्याधिक मदिरा सेवनको गरेको अवस्थामा भेट भएपछि झडप भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
आइतबार हिजो राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेका थिए । सोही क्रममा उनीहरुले मदिरा सेवन गरेका थिए । राति १० बजेतिर भएको झडपमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । मृतकहरु दुबै जना फरक फरक समूहका रहेको एसपी सुवेदीको भनाइ छ ।
घटना भएको डी पोपिना खाजाघरका तीन सञ्चालकमध्ये एक विजय राई आइतबार घटना भएको बेला खाजाघरमै थिए । हत्यामा उनको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ‘अहिलेसम्मको अनुसन्धानबाट चक्कु प्रहार गर्ने मुख्य व्यक्ति नै होटल सञ्चालक विजय रहेको देखिएको छ’, एक अनुसन्धान अधिकृतले भने ।
कसरी सुरु भयो विवाद ?
रोबसको समूह राति मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुगेको थियो । पुजन राईको अर्को समूह पहिल्यैदेखि मदिरा सेवन गरेर बसेको थियो । पुजनको समूहले रोबसको समूहलाई मदिरा सेवन गरेको बेला हेपेको र ‘घर जा’ भन्दै धकेल्न थालेपछि विवाद सुरु भएको देखिएको एसपी सुवेदीले बताए ।
विवाद भएपछि रोबसको समूहका युवाले ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । रोबस खाजाघरमा पुगेपछि दुई पक्षबीच झडप भएको प्रहरीको भनाइ छ ।
घाइतेलाई अस्पताल पुर्याएपछि खुल्यो घटना
छातीमा चोट लागेका रोबसलाई उपचारका लागि उनकै समूहले स्कुटरमा राखेर राति ११ बजेतिर पाटन अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए । त्यसपछि पाटन अस्पतालमै रहेका प्रहरीले रोबसलाई ल्याउने स्कुटर चालकलाई अस्पतालबाटै पक्राउ गरेर ललितपुर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । अर्का घाइते पुजनको भने तिघ्रामा चोट लागेको थियो र उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
त्यस्तै उनी घरभित्रै ढलेको अवस्थामा ट्याक्सी बोलाएर सुमेरु अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै पुजनलाई लिएर जाने व्यक्ति भने फरार भएका थिए । पछि ट्याक्सी चालकको सहायतामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । रोबस घर बाहिर ढलेको र पुजन घरभित्रै ढलेको अवस्थामा आ-आफ्ना समूहको सहयोगीले अस्पताल लगेका थिए ।
दुबै जनाको शव पोष्मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानमा खटिएको टोलीले बिहानीपख साढे ४ बजेसम्म १८ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । खाजाघर सँगैको अर्को सटरमा रहेका व्यक्तिले समेत घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन् । मोबाइल लोकेसन तथा कल डिटेल रिपोर्ट, सिसी टिभी फुटेजमार्फत प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
