
Lnp
sbs
Unsku
pku
Srbpu
cjs
Pes
Rgp
Djs
Sgr
Gfs
Ggp
Rgp1
Pbu

Ksm
nsb
Rsb
Rgs
Vor
Bbbpu
Rgu
Tsm
Rgu
Pvg
Sbs
Ggd
Gst
Bbu
Wsp
Sls
Ssm
Asm
Hal

Gsb
Mks
Jmb
bbt
Ptm
sab
Abd
Bml
Pls
Rpp
Jmb
Rmb
Syp
दाङ । दाङको राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधिबाट आँखासम्बन्धी विभिन्न शल्यक्रिया सेवा सुरु भएको छ ।
अस्पतालले आँसुनलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको हो । अकुलोप्लास्टी तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा सुरेश रसाइलीले बेहोस नगरी दुखाइ कम गर्ने सुइको माध्यमबाट आँखाको आँसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको बताए ।
त्यस्तै उक्त क्षेत्रमै पहिलो पटक सो सेवा राप्ती आँखा अस्पतालबाट दिन थालेपछि बिरामीलाई पनि सहज भएको ससालीले बताएका छन् । अकुलोप्लास्टी अन्तर्गत विभिन्न कस्टमेटिक शल्यक्रिया र आँखाको क्यान्सरसम्बन्धी सेवासँगै आँखाको आँसुनली बन्द भएका बिरामीलाई बेहोस नगरी दुरविन विधिबाट शल्यक्रिया सुरु भएको उनले बताए ।
‘यस अघि कस्टमेटिक, आँसु नलीसम्बन्धी विभिन्न शल्यक्रिया सेवा हामीले यहीँबाट दिँदै आएका थियौँ, अब इन्डोस्कोपिक डिसिआर सर्जरी पनि सुरु गरेका छौँ’, डा रसाइलीले भने । यसले गर्दा आँसुनलीको बाहिरी भाग चिरफारबिना नै अव नाकबाट दुरविनको सहायताले आँसुको नलीलाई खुलाउन सकिने उनको भनाइ छ । अब आँसु नलीमा सङ्क्रमण भइ पिप जमेको अवस्थामा पनि यस विधिबाट सहजै शल्यक्रिया गर्न सकिने उनले बताए ।
‘यसमा बन्द भएको आँसु नलीसंगै नाकभित्रका केही समस्या भए पनि त्यसको शल्यक्रिय गर्न सहज हुन्छ’, डा रसाइलीले भने । दुरविन विधिबाट हुने आँसुनलीको शल्यक्रियाका फाइदा धेरै भएको उनलेको भनााइ छ । शल्यक्रियापछि छिटो निको हुने, चिरफार गर्न नपर्ने, घाउ नदेखिने, रगत कम बग्ने, छिटो र छरितो शल्यक्रिया सेवा दिन सकिने डा. रसाइलीको भनाइ छ ।
त्यस्तै अस्पतालमा आँसुको थैली निकाल्ने, काटिएको आँसुनली, आँसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्या, बाहिर फर्किएको आँखाको ढकनीको शल्यक्रिया हुँदै आएको छ । काटिएको आँखा ढकनीको शल्यक्रिया, आँखाको ढकनीलाई बन्द गर्ने शल्यक्रिया सेवा पनि दिँदै आएको छ ।
यस्तै थाइराइड, आँखाको भित्री भागमा देखिएको ट्युमरसम्बन्धी आँखाको उपचार तथा शल्यक्रिया मरामर्श सेवा समेत अस्पतालले दिइरहेको डा. रसाइलीको भनाइ छ । ‘अकुलोप्लास्टी, आँसु नली, ढकनीका साथै आँखाको क्यान्सरसम्बन्धी सेवा हामीले दिइरहेका छौँ, अब लगत्तै अन्य यो सम्बन्धी सेवा दिने पनि अस्पतालले तयारी गरिरहेको डा रसाइलीले बताए ।
