
Ggp
pku
Pbu
Srbpu
Unsku
Lnp
Rgp
Rgp1
Sgr

Asm
Vor
Bbbpu
Pvg
Rsb
Tsm
Sbs
Gst
Ggd
Sls
Rgu
Hal
Ssm
Wsp
Bbu
Rgs
Ksm
Rgu
nsb

Jmb
Syp
Rpp
Bml
Gsb
Jmb
Abd
Pls
Ptm
Mks
Rmb
bbt
sab
कपिलवस्तु । विजयनगर गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाकाे वडा नम्बर ६ उज्ज्वलपुर डाँडा बस्ने दिपक थारुकाे घरमा आगलागी भएको हाे ।
आगलागीबाट घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कागज पत्र जलेर नष्ट भएकाे अस्थायी प्रहरी पाेष्ट खडैचाका असई अनरजीत यादवले जानकारी दिए । उनले आगलागीबाट अन्दाजी १ लाख १५ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएकाे बताए ।
त्यस्तै प्रहरीका अनुसार घरमा काेही नभएको बेला अचानक आगलागी भएकाे हाे । करिब साढे ५ बजेतिर घरमा आगलागी भएकाे जनाइएको छ । स्थानीय र प्रहरीले आगाे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
