
gms
Jsbus
Ddhbs
Ssbus
Pbu
Csbus
dsbus
Amb
Rbs
Gsbus
Nssbus7
Bksbus5
Ratbs
Gsl

Rgu
Bbu
Gst
Bbbpu
nsb
Tsm
Pvg
Rgu
Asm
Sbs
Rgs
Ssm
Vor
Ggd
Ksm
Wsp
Hal
Rsb
Sls

Abd
sab
bbt
Bml
Pls
Rmb
Jmb
Rpp
Mks
Gsb
Ptm
Syp
Jmb
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन् । यो हाम्रा लागि खुसीको विषय हो । जुनरुपमा हामीले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनु पर्दथ्यो । हामीले सकेका छैनौं । अब यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ ।’
नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषा,साहित्य र बाङ्मयको विकासका लागि भूमिका खेल्दै आएको भन्दै प्रा.डा. लामिछानेले विश्वमै पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा विश्वविद्यालयलाई परिचित बनाउनतर्फ लागिपरेको बताए । ‘नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा विश्वमै स्थापित गराउन हामी लागिपरेका छौं । विश्वका विभिन्न स्थानमा रहेका विश्वविद्यालयसँग एमओई गरेर अनुभव आदान प्रदान गर्ने कार्य प्रारम्भ गरेका छौं’,उपकुलपति प्रा.डा.लामिछानेले भने,‘नेपाल संस्कृत विश्वविद्यालयको गरिमा बढाउने कार्य गरिरहेका छौं ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले संस्कृत संस्कृत भाषा, साहित्य र बाङ्मयलाई अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन राज्यले विशेष नीति ल्याउनुपर्ने बताएका छन् । पूर्वीय दर्शनका अध्ययताको ध्यान केन्द्रीत गर्न र नेपाललाई पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा स्थापित गर्न नसक्दासम्म पूर्वीय दर्शनको अध्ययन अपूर्ण हुने बताए । ‘पूर्वीय दर्शनको अध्ययनको केन्द्र नेपाललाई बनाउन नसक्दासम्म पूर्वीय दर्शनको अध्ययन पूर्ण हुन सक्दैन । विश्वका अन्य भाषी अध्ययताका सन्दर्भसामग्री प्रयोग गरेर सम्पन्न गरिएका अनुसन्धानहरु अपूर्ण सावित भएका छन्’, प्रा.डा. खतिवडाले भने, ‘नेपाली अध्ययताहरुले समेत विदेशी अध्ययताका अनुसन्धान सामग्रीलाई आधार मानिदिँदा पूर्वीय दर्शनसम्बन्धि सही अध्ययन हुन सकेको छैन । यसतर्फ समयमै सोच्नु आवश्यक छ ।’ कार्यक्रममा क्यानडास्थित राजकीय सैनिक विश्वविद्यालयका प्राध्यापक डाक्टर वाल्टरले नेपालबाट विश्वले सिक्नुपर्ने बताए ।
शान्ति कायम गर्न सक्षम मुलुक भनेर नेपालले विश्वमै आफ्नो परिचय स्थापित गरेको भन्दै प्रा.डा. वाल्टरले सबै धर्मका बिचमा समन्वय कायम गर्नु नेपालको सबैभन्दा ठूलो सफलता रहेको औंल्याए । हिन्दू धर्मीक ग्रन्थमा धर्मराज्य स्थापना गर्नका लागि युद्ध हुने गरेको चर्चा गर्दै वाल्टरले यस्ता युद्धमा अनुशासित र मर्यादित हुने गरेकाले यसबाट वर्तमान विश्वले पाठ सिक्नुपर्ने औंल्याए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक,सहप्राध्यापक,उपप्राध्यापक,कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका उपप्रशासक प्रदिप गौतमले गरेका थिए ।
