
Ssbus
Csbus
Ddhbs
Bksbus5
gms
Gsl
dsbus
Jsbus
Amb
Nssbus7
Ratbs
Gsbus
Rbs
Pbu

Ssm
Rgu
Hal
nsb
Rgs
Asm
Vor
Pvg
Sbs
Gst
Tsm
Ksm
Rgu
Ggd
Bbu
Bbbpu
Wsp
Rsb
Sls

Jmb
bbt
Jmb
Pls
Rmb
Rpp
Bml
Syp
sab
Abd
Ptm
Gsb
Mks
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालयको विव्यस छनौटका लागि बसेको अभिभावक भेलाको दोस्रो भेलाबाट पनि सहमति कायम हुन नसकेपछि निर्वाचन समिति गठन भएको थियो ।
निर्वाचन समिति भईसकेपछि निर्वाचन कुन मितिमा, सहज वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले राजपुर -२ का वडा अध्यक्ष ओमप्रकाश यादवद्वारा पत्राचार गरी स्थानिय राजनितीक दलका प्रतिनिधिसहितको बैठक फाल्गुन १३ गते वडा कार्यालयमा बसी फाल्गुन २६ गतेसम्म निर्वाचन गर्ने सर्वदलिय निर्णय भएको थियो ।
त्यस्तै उता उक्त दिन जनज्योति माविका प्रअ केशवराम यादवको पहलमा निर्वाचन समितिको अनुपस्थितीमा तेस्रो अभिभावक भेला आह्वान गरी पुरानै अध्यक्ष अम्मरराज गिरी सहित ४ जना सदस्य छनौट गरेका थिए ।
फाल्गुन १३ गतेका दिन निर्वाचनका सम्बन्धमा भएको सर्वदलिय निर्णय सहितको ब्यहोराको पत्र प्रअलाई वडा अध्यक्षले पठाएको भएपनि प्रअले पत्र नबुझि पत्रवाहकसङ्ग फिर्ता पठाईदिएपछि वडा अध्यक्षले आफ्नो मानहानि भएको भन्दै २६ गतेसम्म गरिने भनिएको निर्वाचनका सम्बन्धमा समेत फाल्गुन २४ गते आज स्थानिय राजनीतिक दलहरुको बैठक बसालेका हुन् ।
आज बसेको बैठकमा सहभागी दलका प्रतिनिधिहरुको सर्वदलीय निर्णय अनुसार यहीँ फाल्गुन २७ गते गाउँपालिका अध्यक्ष,शिक्षा अधिकृत,जनज्योति माविका प्रअ , राजपुर २ का स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको संयुक्त बैठक बसालि उक्त मितिमा हुने निर्णय अनुसार जनज्योति माविको विव्यस छनौट निर्वाचन प्रक्रियालाई बैधानिक तरिका अघि बढाईने र विद्यालयका थप गतिविधिलाई सुचारु गर्ने निर्णय गरिएको छ ।

