Sidha Patra बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको हो ।

यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा मोटरसाइकलमा वर्ल्ड टुरमा निस्किएकी थिइन् । यस घटनामा फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले लगातार छापा मारिरहेको थियो ।

प्रहरीले अहिलेसम्म आठ जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । सामूहिक बलात्कारको घटनापछि चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर ती महिला मोटरसाइकलमै नेपाल आएको बताइएको छ । पीडित र उनको श्रीमान् ट्राभल भ्लगर हुन् ।

पीडित महिलाका पतिले इन्ष्टाग्राममा स्पेनी भाषामा पोस्ट गरिएको एक भिडियोमा बताएअनुसार उनीहरुले गर्धनमा चक्कु तेर्स्याएर बलात्कार गरेका थिए । तर पछि सो भिडियो डिलिट गरिएको थियो । शुक्रवार राति जङ्गलमा क्याम्पिङ गरेर बसेको बेलामा सो घटना भएको थियो । बलात्कारको घटना भएको केही बेरपछि गस्तीमा आएको प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए । यो घटनाको पुष्टि प्रहरी र डाक्टर दुवैले गरेका थिए ।

त्यस्तै बलात्कारका घटना न्यूनीकरण गर्न भारत सरकार असफल भइरहेको छ । सन् २०२२ मात्रै त्यहाँ साढे ३१ हजारभन्दा धेरै बलात्कारका घटना भएका थिए । यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले धेरै हो । भारतमा पयर्टकहरु समेत बलात्कारमा पर्न थालेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]