
Bksbus5
dsbus
Rbs
Ssbus
Pbu
Ddhbs
Jsbus
Ratbs
Gsbus
gms
Csbus
Nssbus7
Gsl
Amb

Sbs
nsb
Gst
Rgs
Bbu
Tsm
Bbbpu
Ggd
Asm
Hal
Pvg
Rgu
Ssm
Ksm
Wsp
Vor
Rsb
Sls
Rgu

sab
Abd
bbt
Syp
Mks
Rmb
Pls
Jmb
Bml
Gsb
Ptm
Jmb
Rpp
दाङ । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताउनु भएको छ ।
रिपोटर्स क्लब दाङले शुक्रवार तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले “निजि विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षामा सुधर हुने थियन उहाँले भन्नु भयो”।
‘यदि नीजि विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको समुदायक विद्यालयको शिक्षा सुधार हुन सक्दैनथ्यो ।’ उहाँले भन्नुभयो-‘सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनका लागि नीजि विद्यालयको भूमिका महात्वपुर्ण रहेको छ ।’
रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको साक्षात्कारमा उहाँले नेपालमा कतिपय सामुदायिक विद्यालयमा शिक्षकको संख्या धेरै भएको तर विद्यार्थीको संख्या ज्यादै न्यून भएकोले सरकारलाई चुनौति थपिएको बताउनुभयो । उहाँले निजी विद्यालयको विकास भएपछि शिक्षा क्षेत्र अगाडि बढ्ने बताउनुभयो । निज विद्यालयमात्रै राम्रो भएर हुदैन दुरदराजका सामुदायीक विद्यालय पनि त्यतिकै राम्रो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामुदायिक विद्यालयमा १२ सम्मको नि ः शुल्क शिक्षा भने पनि विभिन्न बहानामा शुल्क लिएको पाइएको उहाँले बताउनुभयो । उहाँले देशमा पुरानै शिक्षा प्रणाली हाबि हुँदा उलेख्य विकास र परिवर्तन हुन नसकेको बताउनुभयो ।
निजी विद्यालयहरु बढ्दै गएपछि सरकारले कर तिर्नु पर्छ भनेर कंम्पनीमा लगेको र अहिले फेरि निजी गुठी र सार्वजनिक गुठीमा लैजान खोज्दा आफुहरु आन्दोलित हुनुपरेको उहाँको भनाई छ । कम्पनीमा रहेपछि लगानी सुरक्षित हुन्छ भनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुराएको उहाँले बताउनुभयो । निजी विद्यालयलाई विश्वास गर्ने वातावरण तयार गरेपनि राज्यले निजि विद्यालयप्रतिको दृष्टीकोण सकारात्मक बनाउन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो ।
सो अवसरमा नेश्नल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपान,केन्द्रिय सदस्यहरु प्रकाश शर्मा,भिमबहादुर बुढाथोकि लगायतकाले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा निजि विद्यालयको भूमिका अहम् रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।
