
Pbu
dsbus
gms
Ssbus
Amb
Nssbus7
Gsbus
Bksbus5
Jsbus
Ratbs
Rbs
Csbus
Syees
Gsl
syysr
Ddhbs

Ksm
nsb
Vor
Sls
Ssm
Pvg
Rsb
Bbbpu
Tsm
Bbu
Rgs
Rgu
Rgu
Ggd
Asm
Gst
Wsp
Sbs
Hal

Jmb
Bml
Mks
Ptm
Syp
bbt
sab
Jmb
Abd
Rmb
Pls
Rpp
Gsb
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ ।
स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ ।
झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको छ भने यो गीतको छायांकन केएसआर मूभी प्रोडक्सनका प्रकाश बस्नेतले गर्नु भएको छ । गायक स्वर्णकारको आफ्नै गुड भ्वाईस रेर्कडिङ स्टुडियो लमहीमा यो गीतको रेर्कडिङ गरिएको हो ।
देउखुरीको रमणीय दृश्यहरु यो गीतको भिडियोमा कैद गरिएको छ । एकल रुममा गायक स्वर्णकारलाई यो गीतमा अभिनय गरेको देख्न सकिन्छ । लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आउनु भएका स्वर्णकार शब्द, संगीत र आवाजमा दक्खल राख्ने कलाकार हुनुहुन्छ ।
वि.सं.२०५२ सालमा ’हे आमा जन्म दियौं हामीलाई वीर बन्नलाई’ बोलको बाल गीत गाएर गायक स्वर्णकारले रेडियो नेपाल बाट स्वर परिक्षा पास गर्नु भएको हो । बुझिनौकी मायाले, हल्लायो हल्लायो, कुराकानी बिचार र तीजको हाईमाया जस्ता गीतलाई श्रोताले धेरै मन पराई दिएको गायक स्वर्णकारको भनाई छ ।
त्यस्तै यी गीतलाई देश विदेशमा अल्लि बढी नै दर्शक श्रोताले मन पराईदिनु भएको छ,हामीले दर्शक श्रोताको चाहाना बुझेर गीत गाउने हो बाँकी उहाँहरुको जिम्मा हो’–गायक स्वर्णकारले भन्नु भयो । गीत संगीत बाहेक उहाँका थुप्रै चिनारी रहेका छन् । उहाँ एक सफल सुनचाँदी व्यवसायी पनि हुनुहुन्छ । पछिल्लो समय लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।
