Sidha Patra आइतबार, फाल्गुण १३, २०८०

दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् ।

सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ ।

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् । फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिनु भयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उहाँले बताउनु भयो।

यस्तै फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद पचाँस हजार, दितृय प्रतियोगीलाई नगद तिस हजार र तृतिय प्रतियोगीलाई नगद बीस हजार पुरस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]