
cjs
Djs
Gfs
Unsku
Sgr
Rgp
sbs
Pes
Ggp
Srbpu
Rgp1
Pbu
Lnp
pku

Vor
Asm
Ksm
Rgu
Rgs
Hal
Rsb
Rgu
Ssm
Tsm
nsb
Sls
Ggd
Sbs
Pvg
Bbu
Wsp
Bbbpu
Gst

Ptm
sab
Gsb
Jmb
Syp
Pls
Mks
Bml
Abd
Rmb
Rpp
Jmb
bbt
दाङ । दाङमा साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । सरकारले ६/६ महिनामा खुवाउदै आएको भिटामिन ए,जुकाको औषधी र बालविटा आज र भोली खुवाउने कार्यक्रम तय गरेको छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको हो । भिटामिन ए सँगै एक बर्ष देखी ५ बर्ष सम्मका ५१ हजार ५ सय ६९ जनालाई जुवाकाको औषधी र ६ महिना देखी २३ महिना सम्मका १९ हजार ७ सय ६७ जना बालबालिकालाई बालविटा खुवाउने तयारी भएको कार्यालयका जनस्वास्थ्य नर्स सीता कुँवरले जानकारी दिनु भयो ।
जिल्लाका दश स्थानिय तहहरुको समन्वयमा ९ सय ३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले ति बालबालिकालाई भिटामिन ए,जुकाको औषधी र बालविटा खुवाउने भएका छन् । विद्यालय,चौतारी,सार्वजनिक भवनहरुमा केन्द्र बनाई खुवाउने तयारी भएको कुँवरले जानकारी दिनु भयो । यस्ता अभियानमा सरदर ९० प्रतिशत बालबालिका मात्रै सहभागि हुने गरेका छन् । जनचेतना नहुदा,केन्द्रको दुरी टाढा हुँदा र जानकारीको अभाबमा औषधी सेवन र खोप कार्यक्रमबाट बालबालिका बन्चित हुने गरेका छन् ।
यसैविच देशभर २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल,६ लाखलाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।
