
dsbus
Csbus
gms
Jsbus
Ssbus
Ddhbs
Nssbus7
Gsl
Ratbs
Rbs
Bksbus5
Pbu
Gsbus
Amb

Wsp
Hal
Rgs
Vor
Sbs
nsb
Tsm
Rsb
Sls
Gst
Ggd
Rgu
Asm
Bbu
Ssm
Ksm
Rgu
Bbbpu
Pvg

Jmb
Bml
Ptm
Pls
sab
Rmb
Mks
Abd
Gsb
bbt
Rpp
Jmb
Syp
दाङ । १४ औं दाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेलझुण्डीमा सुरु भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्नु भएको हो ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षता तथा अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतित्यमा उद्घाटन भएको प्रतियोगितामा बोल्दै अर्थमन्त्री मास्कीले दाङ जिल्ला खेलकुदको उर्वरभुमि भएको भन्दै दाङको पहिचान झल्कने गरि खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म चिनाउन यस्ता प्रतियोगिताले सहयोग पुर्याउने बताउनु भयो । उहाँले खेलले मानिसलाई अनुसासित र स्वस्थ बनाउने भन्दै खेल क्षेत्रको विकासका लागि सवै लाग्नुपर्ने बताउनु भयो ।
‘खेलकुदको विकासका लागि सवै लाग्नुपर्छ यसलाई सवैले फराकिलो दृष्टिकोणले सोच्नु पर्छ – मास्कीले भन्नु भय ।’ उहाँले जिल्लालाई खेलकुद हवको रुपमा विकास गरि दक्षखेलाडीहरु उत्पादन गर्न तर्फ लाग्नुपर्ने बताउनु भयो । ‘खेलकुद क्षेत्रको विकासका लागि मैले गर्न सक्ने सहयोग मबाट हुनेछ सबैले खेलक्षेत्रको विकासका लागि पहल गर्न आवश्यकछ उहाँले भन्नु भयो ।’
दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य नोखि रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष ध्रुव आचार्यले गर्नु भएको थियो । प्रतियोगितामा जिल्लाका १० पालिकाका खेलाडीहरुले भाग लिएका छन् । विभिन्न खेलहरु बेल्झुडीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
