
tssbus
Ssbus
Gsl
ssbus
Ssbus
Sssbus1
Ssbus
Pbu
nsm
Sssbus1

Rgu
Ssm
nsb
Rgu
Bbu
Ksm
Gst
Rgs
Asm
Sls
Ggd
Pvg
Rsb
Tsm
Vor
Bbbpu
Sbs
Wsp
Hal

Ptm
Syp
Jmb
Gsb
bbt
sab
Abd
Bml
Jmb
Rmb
Mks
Rpp
Pls
दाङ । कुरा माघ २० गतेको हो । गुरुकुल एकेडेमी घोराहीको बार्षिक उत्सव थियोधेरै अतिथिहरुलाई निमन्त्रणा थियो त्यो अतिथि मध्ये म पनि परेको थिए । गुरुकुलकोमुख्य द्वार अगाडि अतिथि तथा विद्यार्थी र सवारी साधनको भिड थियो यहि भिड छिचोल्दै भित्रप्रबेश गर्दै थिए मुख्यद्धारमा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि,विद्यालयका भिभिन्न तहका संयोजकहरु हुनुहुन्थ्यो ।
उहाँहरु गेटमा उभिएको हेर्नलाई भन्दा पनिआगन्तुक पाहुनाहरुलाई स्वागत गर्नलाई तयारी हवस्थामा रहनु भएको थियो । त्यसै क्रममा विद्यालयको गाडी बच्चा लिएर विद्यालयमा आइपुग्यो र विद्यालय प्रवेश पश्चात गाडिबाट साना नानिबाबु ओर्लनुभयो र विद्यालयका म्यामहरुले गाला समातेर माया व्यक्त गर्दै स्वागतगर्नुभयो । त्यो क्षणले मलाई चसक्क छोयो । मैले पुलुक्क हेरें, गुरुकुल एकेडेमीलेखिएको हेर्दा टलक्क टल्किने हाइस थियो । यो सबै कृयाकलाप देखेपछि सानो कथा लेख्नमन लाग्यो । हो त्यहि दिन मैलेपनि धेरै कुरा नियाल्न थाले । कहिले कार्यक्रम स्थल कहिले भान्सा कहिले कक्षा कोठा त कहिले त्यहाँ आएका अभिभावकहरुलाई नजिकबाट नियाल्दै कथा संकलन गर्न थाले ।
विद्यालय पुग्दा गार्डले गर्ने ड्युटि चिनेका र नचिनेका ब्यक्तिहरुलाई समान हुन्छ किन कि विद्यालय भनेको हजारौ विद्यार्थीको सुरक्षाको जिम्मेवारी बोकेको हुन्छ त्यसैले मैले पनि गार्ड त्यहि अनुरुप गरीरहनुभएको थियो । विद्यालयले भावी पुस्ताको जिम्मा लिएको हुन्छ । अब्बल मानिस जन्माउने थलो विद्यालय हो । सीपयुक्त र क्षमतावान जनशक्ति तयार गर्ने विद्यालयले हो । ताते ताते हिड्ने र तोतेबोली बोल्ने उमेरदेखि नै मन्टेश्वरीका नाममा विद्यालय पठाइन्छ । त्यहाँको पस्यो,किनपस्यो भन्ने जानकारी राख्न जरुरी छ ।
त्यसैले विद्यार्थिको सुरक्षाका लागि एकै समयमा ३जना गार्डले ड्युटि गर्ने गरेको जानकारी मलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई अनन्तराजघिमिरेले दिनुभयो यो जानकारी पश्चात निकै खुसि लाग्यो किन कि अन्य विद्यालयमा यस्तोकडा नियम कतै भेटाएको छैन । म धेरै विद्यालय,सभा सम्मेलन तालिम गोष्टि लगायत धेरैठाँउमा गएको छु तर गुरुकुल एकेडेमी जस्तो राम्रो वातावरण कतै भेटाउन सकिन । म गुरुकुल एकेडेमीमा पुग्दा त्यहाँका शिक्षक तथा कर्मचारी कोहि पनि खालि थिएनन् सबै आफ्नै ड्युटिमा ब्यस्त थिए । उता रोस्टमबाट अनुशासन संयोजक दुर्गा न्यौपाने म्यामले कस्को ड्युटि के हो भनेर माइकबाट नाम बाचनगरीरहनु भएको थियो ।
विद्यालयका विद्यार्थिहरुको स्वास्थ्यमा निकै सतर्कता रहेको गुरुकुलमास्वास्थ्य सेवाको ब्यबस्था पनि गरेको रहेछ । त्यसैले सबै विद्यार्थि तथा अतिथिहरुकोस्वास्थ्य चेक जाच गरीरहेको थियो । विद्यालयका मुख्य ब्यक्ति प्रधानाध्यापक लगाएतको समुहअतिथि स्वागतमा ब्यस्त थियो भने भित्र कार्यक्रम तय गर्ने विवेक देवकोटा सरको समुह ब्यस्तथियो पछि थाहा पाए विवेक देवकोटा सर त्यस बार्षिक उत्सव कार्यक्रमको संयोजकहुनुदो रहेछ । हुन त त्यसै पनि विवेक देवकोटा काममा निकै मेहनतका साथ लाग्ने सरमध्ये उँहापनि एक हुनुहुन्छ । उता सानाबालबालिकाको हेरचाहमा मन्टेस्वरी संयोजक लोचना पौडेल म्यामको समुह ब्यस्त थियो ।यो दृष्य हेर्दा म निकै आनन्दित भइरहेको थिय सायद त्यो विद्यालयका अभिभावक पनि निकैखुसि र आनन्दित रहनुभएको थियो होला । त्यहाँ रहेका शिक्षकको फरक पोसाकमा पनिरहेको देखे र सबैको पोसाक किन फरक हो भनेर विद्यालयका अर्का शिक्षक तथा प्लस टुसंयोजक निमानन्द गैरेलाई प्रश्न तेर्साइहाले त्यसपछि बल्ल थाहा पाए गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०८१ बाट लमही र तुलसिपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको रहेछ होतिनै विद्यालयका नव नियुक्त शिक्षक तथा शिक्षिकाहरु हुनुहुदोरहेछ जुन फरक पोसाकमा सजिनुभएको थियो ।
त्यस्तै उहाँहरु पनि कार्यक्रम स्थलमा स्वागत कार्यमा ब्यस्त हुनुहुन्थ्यो । खेलप्रशिक्षक भुगोल पुनले मार्च पास तयारी गराउदै हुनुहुन्थ्यो भने विद्यालयका प्लस टुसंयोजक निमानन्द गैरेले प्रमुख अतिथि आइपुगेको जानकारी गराउदै कार्यक्रम संचालन गर्नथाल्नुभयो ।गुरुकुल एकेडेमीका अध्यक्ष तथा त्यस बार्षिक उत्सवको सभा अध्यक्ष ग्रहणगर्नुभएका ई. अनन्तराज घिमिरे कसलाई अतिथि आसन गराउने, बोल्ने पालो कसलाई दिने,मायाको चिनो दिएर बिदाइ कति बेला गर्ने भनेर कार्यक्रमको संयोजकलाई निर्देशन दिइरहनु भएको थियो ।
कार्यक्रमको अध्यक्ष बनेर धुम्म परेर बसेको देखिनँ । कि कहिकतै गलत हुन जान्छ कि भन्ने डर उहाँमा थियो यसले मलाई औधी आनन्द आयो । अगुवालेकाम गर्नुपर्छ । त्यसपछि परिवर्तन हुन्छ भन्ने मान्यता मैले त्यस कार्यक्रममा भेटाए । मञ्चमा बच्चाहरुलाई लैजाने र ओराल्ने । सम्मान पत्र एवं मेडल तयारी गर्ने र अतिथिलाई उपलब्धगराउने । खाजा बनाउने,पानी खुवाउने यावत काममा विद्यालयका सबै टिम खटेका थिए । म शिक्षक हुँ,मेरो काम यो मात्रै हो भनेर अखट्टो थापेको देखिएन । आइपरेको काम जेपनि, जसले पनि र जतिखेर पनि गर्ने सक्रियता देखेपछि मेरो मन असाध्यै रमायो । यदिविकास गर्नुछ भने जाँगरका साथ कुनै पदीय बार नहाली गर्नुपर्छ । यदि विद्यालयको चउरमावा झ्यालबाट बच्चाले कागज फाल्यो भने प्रधानाध्यापक वा प्रिन्सिपल आफैले टिप्नुस् भन्दैआएका छौं । केही विद्यालयका शिक्षकहरुले बच्चाको फोहोर छुन घिन मान्नु हुन्छ ।हातमा धुलो मैलो लाग्ला भन्ने डर मान्नुहुन्छ । कसैले फोहोर टिपेको देख्यो भनेलाज होला भन्ने सोच्नुहुन्छ । अझ कतिपयमा फोहोर उठाउने काम कार्यालय सहयोगीकोहो भन्ने चलन छ ।
त्यस्तै शिक्षकहरु घर व्यवहारका गफ छाँटेर बस्छन् विद्यालय फोहोरको डंगुरहुन्छ । आफू धेरै पढेर लोक सेवा आयोग पास गरेर आएको शिक्षक ठूलोमान्छे हो । अरुलाई काम गराउनुपर्छ भन्ने सोच्छ । त्यसै भएर हुनुपर्छ धेरै सामुदायिकविद्यालय घुम्दा फोहोरको रास भेटिन्छ । विद्यार्थीको संख्या हरेक वर्ष घट्दा शिक्षकभन्दा कम हुन्छन् । कुन चाँही सामुदायिक विद्यालयमा त झन विद्यार्थि भन्दा पढाउने शिक्षकधेरै भन्ने सुनेको थिय सायद यस्तै घमन्डको कारण हुनुपर्छ । मलाई त्यो मञ्चकोदृश्यले मात्रै पुगेन । उठेर अवलोकनतिर लागें । स्वीमिङ पुल असाध्यै सुन्दर देखियो ।निकै रिस उठेको बेला त्यही पुलको डिलमा उभिएर एकहोरो हेर्दा पनि दुःख बिर्सिन्छहोला । छेउमै बगैंचा रहेछ । गमलामा केही हजारी थिए ।
अरु बोट विरुवाहरु पनिरोपिएका छन् । क्रिकेट खेल्नको लागि बगैचाभित्र जालि लगाएर बनाइएको रैछ । सम्पुर्णशिक्षकहरुको फोटो सहित ठुला ठुला बोर्ड देखे अनि त्यो भन्दा पनि २०७९कोएसईईमा ४ जिपिए संगै उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुको फोटो सहित ठुलो बोर्डथियो त्यहि बोर्ड धेरै अभिभावकको नजरमा थियो किन भने भोलिका दिनमा आफ्नोबच्चाको फोटो पनि यसरी ठुलो बोर्डमा देख्न पाउने आशा राखेर हुनुपर्छ । अनिगेटनजिकै पानीका फोहोरा फाल्ने बनाइएको छ । त्यो के जाते फाउन्टेन पनि भन्छनहो त्यहि बनाइएको रहेछ । असाध्यै सुन्दर ढंगले रंगरोगन गरिएको मुनाबाट पानी झर्नेबनाइएको रहेछ । त्यसको नजिकै हरियालीले गर्दा फोटो पनि लोभलाग्दो दृश्यसहितको आउँदोरहेछ । एसो सेल्फी हानुँ कि जस्तो मनमा लागेको थियो, कता भुलेछु कुन्निखिचेकै रहेनछु । पाँचवटा भवन रहेछन् । बीचमा पिच बाटोले छुट्याएको छ ।
जाँगरिलाको सुन्दर घर अगाडि जस्तै फूलको बगैंचा छ । हामीहरु धेरैका घर अगाडिनचाहिने झाडीले घिनलाग्दो बनाएको छ । त्यहाँ गेट नजिकै आफ्नो भूगोल जतिमाफूल रोपिएका रहेछन् । सबै बिल्डिङको दृश्य आँखामा खिच्ने मौका मिल्यो । पर्खालपनि रङगरोगन गरेको सफाचट रहेछ । खेलकूदका अनेक सामग्री रहेछन् । मन्टेश्वरीका बच्चाहरुलाई खेल्न, रमाउन तथादैनिकी रोचक बनाउन मद्दत गर्छन् । शौचालय जान मन लाग्यो फेरी अन्य ठाँउकोशौचालयको हविगत देखेकै हो यँहा पनि यस्तै होला भनेर जान मन लागेन फेरी नगएरपनि सकेनँ अनि गए। मैले सोचेको भन्दा फरक पाए यस विद्यालयको शौचालय त्यहाँ सास फेर्दा कुनै किसिमको गन्ध नआएपछिआराम महसुस भयो ।
यस्तै घरकै शौचालयमा समेत त्यति स्वच्छ सास फेर्न पाइँदैन । त्यति धेरैअभिभावकसहित ९ औं बार्षिक उत्सव मनाइरहेको विद्यालयको शौचालयमा भने कुनै खोटलगाउन सकिनँ । त्यो दिनमा समेत शौचालय सफा थिए । बच्चाहरूका लागि उपयुक्त वातावरणलाग्यो । एउटा सफा घरमा पाइने सुविधा त्यहाँ थियो । शौचालयबाट बाहिर निस्कने बेलाबेसिन नजिकको साबुनदानीमा ठुला साबुन तथा डेटोल राखिएको थियो । शौचालयबाट निस्केपछिबच्चाले साबुन पानीले हात धोएन भने अरु सफाइ व्यर्थ हुन्छ । एउटा कक्षा कोठाको ढोकाखुल्यो । राउन्ड टेबुल, भित्ताभरी शैक्षिकसामग्री, कक्षा कोठामा ठुला ठुला एलइडि थिए । सम्पन्न परिवारको वासस्थान भन्दा कम लागेन । घरमा जस्तै सरसफाइ पाउँछ । घरको भन्दा बढीखेलकूदका सामग्री र साथी छन् ।
त्यसैले घर भन्दा विद्यालय जान बच्चा रुचाउँछ । यहीकुरा अभिभावक राम प्रसाद पोख्रेलले भन्नुभयो । सबैभन्दा बढी अनुशासन चाहिन्छ । जतिपाउनुपर्ने हो मेरो छोराले पाएको छ । म स्थापना कालदेखि पढाउँदै आएको छु ।उहाँले २०७२ सालमा स्थापना भएको बताउनुभयो । कतिपय विद्यार्थिहरुले जिल्ला तथाआफ्नो नाम समेत पाएका हुदैनन् । दाङमा कतिवटा पालिका छन् भनेर सोध्यो भने पनिधेरै ठाउँमा जानेका थिएनन् । त्यस विद्यालयमा भने केजीका बच्चा तोतेबोलीमै फटाफटअङ्गेजीमा जवाफ दिए । म्यामले अंग्रेजीमा सोध्नुभयो । उनीहरुले सार्कका सबै देशकाराजधानीको नाम भने । आफ्नो घर कुन प्रदेशमा छ भनेर जाने । घोराही, तुलसीपुर रलमहीका प्रमुख उपप्रमुखको नाम भने । यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुँदैधेरैजनाको नाम सामूहिकरुपमा एकै स्वरमा भन्न सके । तिनको त्यो क्षमताले मलाईसाचिँकै यो विद्यालय शिक्षाको खानि हो जस्तो लाग्यो । धेरै विद्यालयमा शिक्षकहरुले पुस्तकमा लेखिएको मात्रैसिकाउने रहेछन् ।
दश वर्ष अघिका कुरा मात्रै रटाउने रहेछन् । अतिरिक्त क्रियाकलापनगराउने विद्यालयले आवश्यकताको ज्ञान दिदैन । चाहिने कुरा सिकाउँदैन । त्यहाँ भनेसंघीयतापछिको परिवर्तित नक्सा र कार्यकारीहरुका बारेमा ज्ञान दिएइको रहेछ । भात पकाउन, घाँस काट्न ब्यापार गर्न लगायतका कुरा सिकाएको त हामिले गुरुकुल दाङ नामक फेसबुकपेजमा फोटो देखिरहेका हुन्छौँ । त्यहाँका कार्यकारी पदका अगुवाहरुको सक्रियता,काममा जुट्ने शैली मज्जाको थियो । त्यसकै फलस्वरुप छोटो समयमै गुरुकुल एकेडेमीलेअनेक सफलता हासिल गरेको बुझियोे । त्यति ठुलो कार्यक्रममा पनि त्यँहाका विद्यार्थियत्र तत्र अनुशासनबाहिर देखेनँ त्यँहाका शिक्षकहरु सबैले विद्यार्थिहरुलाई निगरानीमै राखेरबसालेको देखे माथि लेखेको कुराहरु अनुभव गर्दा लाग्छ गुरुकुल अन्य विद्यालय भन्दा धेरैफरक छ त्यसैले सबैको रोजाइमा परेको छ । अनि अर्को कुरा तुलसिपुरमा संचालन हुनलागेको गुरुकुल एकेडेमीकोे प्रधानाध्यापक घोराहीकै गुरुकुलमा स्थापनाकाल देखि कार्यरतर सहायक प्रधानाध्यापक रहेर कार्य संचालन गर्नुभएका मुकुन्द गिरी हुनुहुदोरहेछ ।त्यसैले तुलसिपुरमा पनि यस्तै तरीका बाट पढाई हुने विश्वास छ भने लमहिमा पनि धेरैअनुभवि शिक्षक तथा शिक्षीकाहरु भएको कारण शिक्षा सँगै संस्कारको विकास गरीने छ ।

