
Amb
Pbu
Gsbus
Bksbus5
Jsbus
syysr
Csbus
gms
dsbus
Nssbus7
Ratbs
Ssbus
Ddhbs
Rbs
Gsl
Syees

Gst
Ssm
Hal
Ksm
Rgu
Rgu
Pvg
Wsp
Bbu
Ggd
Sls
Vor
Tsm
Rsb
Asm
Rgs
Bbbpu
Sbs
nsb

sab
bbt
Rmb
Abd
Syp
Jmb
Bml
Gsb
Ptm
Jmb
Rpp
Pls
Mks
सन्ततिको प्रगतिमा खुसी हुने नेपाल आमा !
सन्तानको दुर्गति देख्दा आज दु:खी छिन्
लाखौँ सन्तान जन्माएकी नेपाल आमा !
आज उनै बलभद्र , भीमसेन ,अमरसिंह
सम्झिएर भक्कानिएर रोएकी छिन् ।
तिनै पृथ्वीनारायण शाहलाई सम्झिएर
रातमा बर्बराउँछिन , छट्पटाउँछिन्
आफ्ना सन्ततिको सदा उन्नति र
प्रगति चाहने नेपाल आमा आज
सन्तानको सोँचेको प्रगति नदेख्दा….
सारै थकित अनि दुखित छिन्
किनकि स्वयम् आफू नै असुरक्षित
भएको आफ्नो अस्तित्व मेटिन लागेको
महसुस गर्दै छट्पटीमा जेनतेन दिन
कटाइरहेकी छिन् अचेत विक्षिप्त छिन् ।
आफ्ना कैयौँ अङ्गहरु गुम्दा घाइते
भएकी नेपाल आमा थाकिसकेकी छिन्
किनकी नथाकुन पनि कसरी ?
मुटु कलेजो र फोक्सो नै गुम्न खोज्दा
को नै अत्ताल्लिन्न होला र ? पीडामा
नेपाल आमालाई सान्त्वना दिने
एउटा सन्तान पाइनन् अहिले उनले…..
आमाको सम्पत्तिमा लुछाचुडी गर्ने
गिद्ध समान छोराछोरीबाट आमा !
आजित भइसकेकी छिन् विक्षिप्त बनिसकेकी छिन्
तर अझै झिनो आसा बाँकी राखेकी छिन्
यदि महिनावारी भइदियो भने अझै……
एउटा असल सन्तति जन्माउने उनको धोको छ ।
जस्ले भीमसेन अनि बलभद्र, पृथ्वीनारायणले
जस्तै वीरता देखाउन सकोस्
आज नेपालआमा त्यस्तै वीर सन्तानको
पर्खाइमा थकित मुद्रामा प्रतिक्षारत छिन्।
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जस्ता थुप्रै
तन्त्रहरु आमाको छातिमा किला ठोक्दै
आए तर सन्ततिको सुख आउने आशामा
आमाले पीडा सहिन तर आज घायल भई
बाँचिरहेकी छिन् विछिप्त बनेकी छिन् ।
नरोऊ नेपाल आमा ! तिमीले चाहेको सन्तान
अवश्य जन्मिने छ, धैर्य गर दु:खी नबन।
लेखक परिचय:
नाम : तेजप्रसाद खनाल
ठेगाना: लमही नगरपालिका ५ लमही देउखुरी दाङ।
फोन नम्बर : ९८६७३६५१७७
इमेल : [email protected]
