
Srbpu
Rgp
Lnp
Pbu
Ggp
Rgp1
pku
Unsku
Sgr

Wsp
Gst
Bbu
Rsb
Vor
Rgu
Ksm
Bbbpu
Tsm
nsb
Hal
Asm
Rgs
Pvg
Ssm
Sls
Rgu
Ggd
Sbs

Pls
Jmb
Jmb
Gsb
Rpp
Ptm
Abd
Syp
Rmb
Mks
sab
bbt
Bml
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सकेसम्म स्वदेशमै बसेर स्वरोजराग बन्नु पर्ने बताउनु भएको छ ।
पालिकाले थुप्रै सीपमूलक तालिमको आयोजना गर्दै आएको छ,कृषि,पशुपालन,उद्यम जस्ता क्षेत्रमा लगानी गरेको छ, ती तालिम लिने र आफ्नै व्यवसाय गर्नुस”- नगर प्रमुख चौधरीले भन्नू भयो । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूका संजालको क्षमता विकास सम्बन्धि आयोजना गरेको दुई दिने कार्यक्रमको समापनका क्रममा प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।
लमही नगरपालिकाद्वारा स्थापना गरेको आप्रवासी स्रोत उपकेन्द्रले अन्य तीनवटा पालिकाका जनतालाई समेत सेवा दिएको बताउनु भयो । हरेक वडाबाट सूचना संकलन गरेर नगरपालिकामा जानकारी गराउन आज गठित संजाललाई निर्देशन दिनु भयो । वैदेशिक रोजगारका सवालमा सकेजति जनतालाई सेवा दिनु पर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले वैदेशिक रोजगारमा जान चाहानेहरुलाई राम्रो परामर्श दिने कुरामा विश्वास व्यक्त गर्नु भयो । नगरपालिकामा गठन भएको संजाललाई बलियो गराउनका लागि नगरपालिका सहयोग रहने उपप्रमुख योगीको भनाई छ । नगरपालिकाको आन्तरिक स्रोतबाट संजाललाई निरंतरता दिने भन्दै संजालमा रहेका पदाधिकारीलाई जोश जांगरका साथ काम गर्न निर्देशन दिनु भयो ।
लमही नगरपालिका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाकि मनोसामाजिक परामर्श कर्ता निमा भट्टराईले गर्नु भएको थियो ।
नगरपालिका स्तरीय श्रमिक संजाल गठन लमही नगरपालिका स्तरीय आप्रवासी श्रमिक संजाल गठन भएको छ । जस्को अध्यक्षमा पहल सिंह पुन,उपाध्यक्षमा सिमा चौधरी, कोषाध्यक्षमा मदन कुमार श्रेष्ठ,सचिवमा दोर्ण बहादुर अधिकारी, सहसचिवमा राजकुमार चौधरी चयन हुनु भएको छ । त्यस्तै राजेश कुमार चौधरी,भानु सुनार,विश्वमणी चौधरी,दीपक कुमार चौधरी,बलिराम चौधरी,प्रेरणा पछाई,किसमान चौधरी र विनोद चौधरी सदस्यमा रहनु भएको छ ।
