धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु सोमबार, माघ १५, २०८०

कपिलवस्तु । कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ ।

भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले जाँचपासका लागि भनेर नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ८ वटा मदिरा चोरी गरी कर्मचारीले पिएको पुष्टि भएको छ । तर, माथिल्लो निकायलाई जानकारी नदिई सो प्रकरण डिसमिस गराउने प्रयास भइरहेको छ ।

कर्मचारीहरूकै निर्देशनमा सो मदिरा चालक वीरेन्द्र यादवले निकालेर वितरण गरेका थिए । भन्सार कार्यालय स्रोतका अनुसार भन्सार अधिकृत बासुदेव नेपाल, नासु सुर्य रेग्मी र रेवती गिरीलाई आफूले मदिरा दिएको उनले बताएका छन् ।

ताल्चा फोलेर त्यसरी मदिरा निकालिएका थिए । तर, अर्का कार्यालय सहयोगी करण यादवलाई फसाएर मुख्य कर्मचारीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ । सो मदिरा जाँचपासका लागि निकाल्न कर्मचारी भोजराज रेग्मीले कार्यालय सहयोगी करण यादवलाई भनेकोमा उनले ताल्चा लगाइएको ढोका खुला रहेको र मदिरा चोरी भएको जानकारी गराएका थिए ।

यस सम्बन्धमा भन्सार प्रमुख मान बहादुर पौडेलले प्रारम्भिक छानबिन गर्दा कर्मचारीले नै मदिरा लगेको पुष्टि भइसकेको छ । तर, सोझा लाहुरेहरूलाई फकाएर कतै उजुरी नगर्न भनिएको छ ।

आफ्नो पद नै धरापमा पर्ने भएपछि भन्सार प्रमुख पौडेलले घटना लुकाएको एक कर्मचारीले बताए । कृष्णनगर भन्सारमा तस्करीको सेटिङ रहेकाले लक्ष्यअनुसार भन्सार उठाउन सकेको छैन । यसमा भन्सार प्रमुख पौडेलकै मिलेमतो रहेको स्रोत बताउँछ । हाल मदिरा काण्डमा मुछिएका नासु सूर्य रेग्मी यसअघि नेपालगञ्जमा हुँदा निलम्बनमा परेका थिए । फेरि सेटिङ मिलाएर भन्सारमै पुगेका उनी पुरानै धन्दामा सक्रिय छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]