
Rgp
Pbu
Ggp
Srbpu
pku
Sgr
Rgp1
Unsku
Lnp

Wsp
Pvg
Sls
Rgu
Bbbpu
Sbs
Ggd
Bbu
Rgu
Tsm
nsb
Hal
Rgs
Vor
Gst
Asm
Ssm
Rsb
Ksm

bbt
Gsb
Syp
Bml
Pls
Rmb
Abd
Mks
sab
Jmb
Jmb
Rpp
Ptm
काठमाडौँ । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग,उत्पादन तथा बिक्रीमा कार्यमा रोक लगाएको छ ।
महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।
शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमुना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्री वितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ । “अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न÷नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
