
Gsl
Ddhbs
Ssbus
dsbus
Nssbus7
Rbs
Ratbs
Amb
gms
syysr
Jsbus
Bksbus5
Gsbus
Csbus
Syees
Pbu

Sls
Pvg
Ggd
nsb
Rsb
Rgs
Rgu
Wsp
Ssm
Gst
Rgu
Tsm
Ksm
Bbbpu
Bbu
Asm
Sbs
Hal
Vor

Syp
sab
Ptm
Gsb
Mks
Rpp
Abd
Pls
bbt
Bml
Rmb
Jmb
Jmb
काठमाडौं । नेपाल सरकारले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ ।
किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि सुरु भइसकेको जानकारी दिनुुभयो ।
नियमित रुपमा छाप्ने र छापेर पठाउने काम भइरहेकाले देशका सबैतिर समयमै किताब पुुग्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार पाँच दिन अघिदेखि केन्द्रले चौबिसै घण्टा किताब छपाइको काम गरिरहेको छ । अहिले दैनिक एक लाख थान किताब छपाइ भइरहेको झाले बताउनुभयो । जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख किताब आवश्यक पर्नेमा अब करिब ६५ लाख थान किताब मात्र छाप्न बाँकी छन् । वैशाखदेखि शैक्षिक सत्र शुरु हुने भएकाले त्यतिबेलासम्म किताब छापेर पठाइ सकिने जनक शिक्षाले जनाएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयले यस वर्षको किताब छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानालाई समेत छनोट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ ।
यस्तै विद्यालयमा पढाइ शुरु भएको महिनौँ दिनसम्म पनि किताब नपुुग्ने समस्या चालु शैक्षिक सत्रदेखि अन्त्य भएको हो । गएको वैशाखमा भर्ना हुने बेलामै देशभरका धेरै विद्यार्थीले किताब पाएका थिए ।
