
Asbus
Rgp
Msbus
Ggp
Ggp
Sdc
Lnp
Ksbus
Ksbus


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ।
नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्वारा गढवा –७ चन्दनपुरमा र एकिकृत आँखा उपचार केन्द्र गढवा – ३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको हो । चन्दनपुरमा नि:शुल्क आँखा चेकजाँच कार्यक्रममा कुल १ सय ७६ जनाको आँखा चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा २४ जना मोतियाविन्दुका विरामीहरू फेला परेको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे ।
त्यसैगरी एकिकृत आँखा उपचार केन्द्र गढवा-३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रममा ७५ जनाको आँखा चेकजाँच गरिएको छ । जसमध्ये १५ जना मोतियाबिन्दु र ४ जना मासु पलाएको बिरामी भेटिएको एकिकृत आँखा जाँच केन्द्र गोबरडिहाका प्रमुख शीतल चौधरीले जानकारी दिनुभयो।
त्यस्तै मोतियाबिन्दु भएका बिरामीहरूको लमही आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे । चन्दनपुर र परसिया दुबै ठाउँका मोतिबिन्दु भएका बिरामीहरूले सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिताको फोटो कपी सहित गए दुई हजार रुपैयाँ छुट हुने बताईएको छ ।

