Sidha Patra आइतबार, पुष २२, २०८०

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् । पालिकाका प्रमुख तथा उपप्रमुख दुवैले मतदान गर्न पाउँछन् । सबैभन्दा धेरै मधेस प्रदेशमा एक सय सात प्रदेश सभा सदस्य र दुई सय ६७ पालिकाका प्रमुख–उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन् ।

यस्तै कोशीमा ९३ प्रदेश सभा सदस्य र दुई सय ७४ पालिकाका जनप्रतिनिधि गरी तीन सय ६७ जना तथा बाग्मतीमा एक सय १० प्रदेश सभा सदस्य र दुई सय ३७ पालिकाका जनप्रतिनिधि गरी तीन सय ४७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै गण्डकीमा ६० प्रदेश सभा सदस्य र एक सय ७० पालिकाका जनप्रतिनिधि गरी दुई सय ३० जना, लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य र दुई सय १८ पालिकाका जनप्रतिनिधि गरी तीन सय पाँच जना मतदाता छन् । कर्णालीमा ४० प्रदेश सभा सदस्य र एक सय ५६ पालिकाका जनप्रतिनिधि गरी एक सय ९६ जना तथा सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र एक सय ७६ पालिकाका जनप्रतिनिधि गरी दुई सय २८ जना मतदाता रहेका छन् ।

यस्तै प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ । आउँदो माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुँदैछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]