
Ksbus
Msbus
Ggp
Sdc
Ksbus
Rgp
Ggp
Asbus
Lnp


दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको विहीवार भालुबाङमा उद्घाटन गर्दै मन्त्री खनालले नागरिक स्थानीय सरकारसँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
त्यस्तै मन्त्री खनालले प्रदेशले स्थानीय तहलाई उनीहरूको क्षेत्रको पोषण अवस्थाबारे जानकारी दिएर सहयोग गर्न आग्रह गर्नु भएको हो । बाल स्वास्थ्यका लागि पोषण सामग्री बाँडेर मात्र सुधार नहुने भन्दै उनले सचेतना फैलाएर गाउँघरमै पाइने पौष्टिक तत्व उपभोग गर्न जोड दिनु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा प्रदेश पोषणको अवस्थाबारे प्रस्तुतीकरण गर्दै स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख कौशल भण्डारीले सात प्रदेशमध्ये ख्याउटेपन लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १६ प्रतिशत रहेको जानकारी गराउनु भएको थियो । यसैगरी पुड्कोपन २५ प्रतिशत र कम तौल भएका २५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । गोष्ठी शुक्रवारसम्म चल्नेछ ।
