
Csbus
Ddhbs
Ssbus
Jsbus
Gsl
Amb
Nssbus7
Gsbus
Bksbus5
Ratbs
Rbs
dsbus
gms
Pbu

Ggd
Pvg
Bbbpu
Vor
Rsb
Hal
Sbs
Asm
Ksm
Rgu
Rgs
Tsm
Ssm
Wsp
Rgu
Gst
Bbu
nsb
Sls

Rpp
Jmb
Jmb
Pls
sab
Rmb
Bml
bbt
Abd
Mks
Gsb
Ptm
Syp
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगितामा बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी भएको छ ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ग्रुप बि को विहिबार भएको दोस्रो खेलमा बर्दियालाई दाङले हराएको हो । टस जितेर ब्याटिङ थालेको बर्दियाले ४०.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४९ रन बनायो । बर्दियाको योगफल तयार गर्न हेमन्त आचार्यले सर्वाधिक ७५ बलमा ३ चौका प्रहार गर्दै ४९ रनको योगदान दिए ।
त्यस्तै कप्तान सुमित श्रेष्ठले २४ रन, असिम गिरिले २३ रन र नितेश न्यौपानेले १९ रन बनाए । अन्यले दोहोरो अंक जोड्न समेत सकेनन् । बर्दियालाई सस्तैमा समेट्न बलिङतर्फ दाङका वीर बहादुर घर्ती मगरले ७.१ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विराट सिङ भण्डारीले २ विकेट लिए भने मोहन खत्री, सुजल वलि र शुभम खनालले समान १-१ विकेट लिए ।
यस्तै जवाफी १ सय ५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको दाङले ३९. ३ ओभरमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर पूरा गर्यो । दाङलाई जित दिलाउन विराट सिङ भण्डारीले उत्कृष्ट अर्धशतकिय पारी खेल्दै ७३ रनको योगदान दिए । उनले ८० बलमा अर्धशतक बनाएका थिए भने १ सय ३३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ७३ रनको नटआउट पारी खेले । त्यस्तै मोहन खत्रीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन सकेनन् ।
बर्दियाका निर्मल गुरुङ र सौगात खत्रीले समान २-२ विकेट लए भने सुमित श्रेष्ठ र सोलुप चौधरीले १-१ विकेट लिएपनि दाङलाई हराउन भने सकेनन् । प्रतियोगितामा अर्धशतकिय पारी खेलेका दाङका विराट सिङ भण्डारी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता मौसमका कारणले ४१ ओभरमा छोट्टाईएको थियो । दाङले शुक्रबार बाँकेसँग भिड्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका छन । सहभागी टिमहरुलाई २ भागमा बिभाजन गरिएको छ । समूह ए मा रुपन्देही,पाल्पा,नवलपरासी र कपिलबस्तु छन भने समूह बि मा दाङ,बाँके र बर्दिया रहेका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुको छनौट गरि लुम्बिनि प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम प्रधानमन्त्री कपमा सहभागी हुनेछ ।

