
Djs
pku
Rgp1
Pes
cjs
Gfs
Sgr
Srbpu
Pbu
Lnp
Unsku
Rgp
Ggp
sbs

Ggd
Pvg
Rsb
Rgu
Rgs
Ssm
nsb
Bbu
Ksm
Vor
Rgu
Sbs
Tsm
Sls
Hal
Asm
Bbbpu
Gst
Wsp

Ptm
Mks
Rpp
sab
Jmb
Rmb
Pls
Bml
Abd
Syp
Gsb
Jmb
bbt
चितवन । चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।
सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए।
त्यस्तै “एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उनले भने । गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताए । “बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ”, उनले भने ।
यस्तै गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो । निःशुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शङ्खबहादुर चेपाङले बताए । यहाँ चेपाङ समुदायका बालबालिका कुपोषणबाट ग्रस्त छन् । उनीहरु घाउ खटिराबाट समेत पीडित छन् । यहाँका स्थानीय उपचारका लागि सदरमुकाम भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता छ ।रासस
