
dsbus
Amb
gms
Pbu
Bksbus5
Csbus
Gsl
Ratbs
Ddhbs
Jsbus
Ssbus
Gsbus
Nssbus7
Rbs

Wsp
Tsm
Gst
Ksm
Asm
Rgu
nsb
Rsb
Bbu
Rgu
Pvg
Rgs
Vor
Sbs
Ssm
Sls
Hal
Bbbpu
Ggd

Pls
Mks
Bml
sab
bbt
Rpp
Rmb
Gsb
Syp
Ptm
Jmb
Abd
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकाले यो वर्ष गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बारेमा नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयसंग छलफल गरिएको छ ।
छलफलले यहीँ पुस २४ देखि २७ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लमही नगरपालिकाले नै आयोजना गर्ने र लमही नगरपालिका वडा नम्बर ६ स्थित सिसौ बगरमा गरिने भएको छ ।
त्यस्तै छलफलमा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले राष्ट्रपति रनिङ शिल्डले राम्रा खेलाडी उत्पादन गर्ने कुरामा आफू विश्वस्त भएको बताउनु भयो । खेल र खेलाडीले पनि विश्वमा देशको नाम रोशन गराउनमा मद्धत गरेको भन्दै समग्र देशको विकासमा खेल र खेलकुदको अहम भूमिका हुने बताउनु भयो ।
यस्तै खेलकुद प्रतियोगिताबाट प्राप्त हुने हार र जितलाई सहर्ष स्विकार गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रतियोगितामा हार भएसी अराजक गतिविधि गर्ने जुनसुकै विद्यालयलाई कानूनी कारबाही गरिने प्रमुख चौधरीले बताउनु भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानव स्वास्थमा धेरै परिवर्तन ल्याउने भएकोले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । विभिन्न माध्यमबाट खेलिने सबै खेलले मानव शरीरमा थुप्रै किसिमका फाईदा गरिरहेको हुन्छ, तसर्थ खेलकुद जीवनको एक महत्त्वपूर्ण क्षेत्र हो यस्लाई सबैले जोड दिनु पर्छ”- उहाँले भन्नू भयो ।
अघिल्लो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामान्य विवाद भएको कुरालाई स्मरण गर्दै अब आयोजना गरिने यो कार्यक्रममा त्यस्ता अराजक गतिविधि हुन नदिने साथै कार्यक्रम भव्य र सभ्य रुपमा संचालन गर्नेमा सम्बन्धित विद्यालय र पालिका गम्भीर हुनु पर्ने बताउनु भयो । स-साना कमजोरीका कारण खेलकुद प्रति लगाव भएका विद्यार्थीलाई रोक्न नहुने बताउनु भयो ।
त्यस्तै नमूना आदर्श माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचद्र पौडेलले बालबालिकामा भएको प्रतिभा मापन गराउने थलो खेलकुद भएको बताउनु भयो । राज्यले ल्याएको एक पालिका एक खेल मैदान कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्ने बताउँदै प्रतिभावान बालबालिकाको पहिचान गरि उनिहरुको मनोबल उच्च राख्नेमा विद्यालय र स्थानीय सरकार लागि पर्ने धारणा राख्नु भयो ।
जिल्ला खेलकुद विकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुद क्षेत्रमा पनि लगानी लगाउनु पर्ने बताउनु भयो । बाटोघाटो, भौतिक संरचना मात्र बनाएर विकास हुँदैन, देशको विकासका लागि खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने कोषाध्यक्ष आचार्यको भनाई छ ।
प्रतियोगिता हुनु पुर्व खेलाडीहरुको दुर्घटना विमा लमही नगरपालिकाले गर्ने भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको छलफलको सहजीकरण शिक्षा शाखाका निमित्त प्रमुख भवानी गिरीले गर्नु भएको थियो ।
