
Usb
Ksb
Tgp
Csb
Ppu
Ssb
Ksb
Ssb
Rsb
Nsb
Ksb
Gsb
Bsn
Rks

Tsb
Gsb
Ssb
Hl1
Usb

ptl
Nps
Rgu
एजेन्सी । विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ ।
चार वर्षको कार्यकाल पूरा गरेका ट्रम्प अमेरिकालाई पुनः महान बनाउन आफूलाई जिताउनुपर्ने दाबी गरिरहनु भएको छ भने विपक्षी उम्मेदवार बाइडन ट्रम्प पछिल्लो चार वर्षमा गरेका कामले उहाँलाई थप चार वर्ष राष्ट्रपति दिन नसकिने बताउँदै प्रतिस्पर्धामा आउनु भएको हो ।
मंगलबारको निर्वाचनले उहाँहरुमध्ये को सही हो भन्ने कुराको निर्क्योल गर्नेछ । जसका लागि यो निर्वाचनमा उठेका केही मुद्दाको आधारमा मतदाताहरुले आफ्नो आगामी नेता छनोट गर्नेछन् ।
