
Ssbus
Bksbus5
Nssbus7
gms
Rbs
Gsl
dsbus
Amb
Csbus
Jsbus
Pbu
Ratbs
Ddhbs
Gsbus

Bbu
Rgs
Pvg
Ssm
Vor
Asm
nsb
Hal
Gst
Sbs
Rsb
Rgu
Bbbpu
Rgu
Sls
Ksm
Ggd
Tsm
Wsp

Syp
Rmb
Rpp
Gsb
Pls
sab
Jmb
Ptm
bbt
Jmb
Abd
Bml
Mks
दाङ । शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखी लमहीमा सुरु भएको छ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन शिक्षकहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो दायित्व र धर्मलाई ख्याल गरेर व्यवहारमा लागू गर्न सुझाव दिनु भएको छ ।
हजारौं बालबालिकाको भविष्य बोकेर शिक्षण पेशामा लाग्नु भएको छ, शिक्षाको ज्योति बाडेर समाज र देशलाई सकारात्मक बाटोमा डोर्याउन मद्धत गर्न सबै शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले कक्षा कोठामा प्रवेश गर्नु पुर्व शिक्षक मानसिक रुपमा तयार रहनु पर्ने बताउनु भयो । शिक्षक हरेक विषयबस्तुमा पोख्त हुन जरुरी हुनुका साथै आफ्नो काम र कर्तव्यको बारेमा जानकारी हुनु पर्ने बताउनु भयो ।
लमही नगरपालिकाको समन्वयमा शुरु भएको कार्यक्रमको प्रशिक्षकमा आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेल, माध्यामिक विद्यालय वनगाउँका प्रधानाध्यापक कृष्ण केसी, रुमाल प्रसाद बसेल, खीम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका शिक्षक शेर बहादुर डाँगी र आदर्श माध्यामिक विद्यालय देउपुरका शिक्षक तिलक गिरी लगायत रहनु भएको छ ।
कार्यक्रममा नगरपालिका भित्रका कक्षा ५, ८ र कक्षा दससम्म पढाइ हुने २५ वटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्राविधिक सहायक प्रमिला शर्माले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रम सहजीकरण लमही नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अम्विका शर्माले गर्नु भएको थियो ।
