
sbs
Rgp1
Pes
Unsku
Rgp
Gfs
Sgr
Pbu
pku
Lnp
cjs
Srbpu
Ggp
Djs

Ssm
Bbbpu
Sls
Wsp
Hal
Ggd
Bbu
Rsb
Sbs
Tsm
Rgu
Pvg
Ksm
Asm
Vor
Gst
nsb
Rgu
Rgs

Ptm
sab
Syp
Jmb
Bml
Gsb
Mks
bbt
Rpp
Abd
Jmb
Rmb
Pls
काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,सुर्खेत,जुम्ला,कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।
त्यस्तै मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत,जुम्ला,कालिकोट,दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइड विरुद्धको टि.सि.भीं खोप लगाइने छ । साथै जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छ्ट खोप पनि दिइने मन्त्रालयले जनाएको छ । छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउन समेत मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ ।
यस्तै खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न समेत मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
