
Lnp
Msbus
Ggp
Rgp
Ksbus
Sdc
Ggp
Ksbus
Asbus


दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनामा दीक्षान्त तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा राप्ती आँखा अस्पताल तुलसीपुरमा सम्पन्न भएको हो ।
आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले आँखा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान स्वरुप एशिया अवार्डद्वारा प्रदान गरिने एसियाज बेस्ट एडमिनिस्ट्रेटर अवार्ड (उत्कृष्ट प्रशासक पुरस्कार) एशिया’ जित्न सफल भएकोमा बधाई ज्ञापन गरिएको थियो भने नेत्रविशेषज्ञ डा. दिक्षा प्रधानले एक बर्षको इन्ट्ररियोल सेगमेन्ट फेलोसिप कुशलता पूर्वक सम्पन्न गरे संगै दिक्षान्त गरिएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका उसभापति रेशमबहादुर खड्का, सचिव घनस्याम सुवेदी, कोषाध्यक्ष श्यामप्रकाश आचार्य,सहसचिव चिरञ्जीवि रिजाल, सदस्यहरु सुरेन्द्रबहादुर खड्का, प्रणव कुमार खड्का, राप्ती आँखा अस्पतालका मे.सु डा सन्तोष सुवेदी, कोर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, एकाडेमीक चिफ डा. सुरेश रसाइली, अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम लगायत नेत्रअधिकृत, दृष्टि विशेषज्ञ,नेत्रसहयाक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

