
Asbus
Ggp
Lnp
Rgp
Ggp
Msbus
Ksbus
Ksbus
Sdc


दाङ । देउखुरीको राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रम लागू हुने भएको छ।
शिक्षालाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्न लागिएको हाे।
यसै क्रममा बिहीबार गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ अध्यापन गराउने शिक्षकहरुका लागि शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि,लर्निङ पेलेट फार्म सम्बन्धी एक दिवशीय क्षमता विकास कार्यक्रम पालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । उक्त कार्यक्रममा बाेल्दै अर्थमन्त्री मास्कीले शिक्षा क्षेत्रमा प्रदेश सरकारले धेरै लगानी गरेतापनि परिमाण र व्यावसायिकमूखी रुपमा विकास हुन नसकेकाे बताउनुभयो ।
त्यस्तै उहाँले शिक्षकहरु विद्यार्थीहरुकाे गुरु मात्रै नभएर समाज र राष्ट्रकाे बौद्धिक वर्ग समेत भएको बताउनुभयो । पछिल्लो चरण विभिन्न किसिमको प्रविधिको विकास हुदै गएको उल्लेख गर्दै मन्त्री मास्कीले शिक्षकहरु समय सापेक्षी रुपमा प्रविधिमैत्री हुन आवश्यक रहेको बताउनुभयो । अझै पनि विद्यालयमा किताबमूखी पठनपाठन हुँदै आएको छ। मन्त्री मास्कीले भन्नुभयो ,- अब किताबमूखी नभएर प्रविधिमैत्री, व्यावहारीक र आत्मा निर्भरमूखी शिक्षा हुन आवश्यक छ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समयमा युवा विद्यार्थीहरु पढ्ने वा राेजगारी गर्ने बहानामा विदेशीने क्रम बढ्दै गएको बताउदै विभिन्न टेक्नोलोजी प्रयोग गरि शिक्षालाई व्यावसायिक र आत्मनिर्भर बनाई युवा विद्यार्थीहरुलाई विदेशीनबाट राेक्न गाउँपालिका लागि परेको बताउनुभयो ।
अध्यक्ष विष्टले परम्परागत शिक्षण पद्धतिलाई परिवर्तन गर्दै अधिकतम टेक्नोलोजीकाे प्रयोग गरि विकसित देशका विद्यालयहरु सरह शिक्षाको विकास गर्न यस कार्यक्रमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । माई सेकेन्ड टिचर कर्याक्रम क्याम्वृज युनिर्भरसिटी र थाईन्याडको प्याडागोजी डिर्पाटमेन्ट द्वारा विकास गरिएको हो।
अहिले यो कार्यक्रम विश्वका ५० भन्दा बढि देशहरुमा संचालन भैरहेको इनेभेटिभ नेपाल ग्रूपका संस्थापक अध्यक्ष तथा माई सेकेन्ड टिचर कार्यक्रमका काेफाउन्डर शुलभ बुढाथोकिले जानकारी दिनुभयो । यो कार्यक्रम मार्फत् पठनपाठनका बारेमा अभिवावक,शिक्षक, विद्यार्थीहरुले सजिलै जानकारी पाउने र नियमनकारी निकायलाई समेत नियमन गर्न सजिलो हुने बुढाथोकिको भनाई छ।
गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरि तेह्र वटा माध्यमिक विद्यालयका ७० जना भन्दा बढी शिक्षकहरूको सहभागीता रहेको कार्यक्रममा माई सेकेन्ड टिचरका प्रमुख मेधा भट्टराई ,उज्वल सुवेदी ,सचिन श्रेष्ठ ,अमन सुनाम,लिलाधर रिमाल लगायतले शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि,लर्निङ पेलेट फार्म सम्बन्धी जानकारी गराउनु भएको थियो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे स्वागत मन्तव्य तथा इनेभेटिभ नेपाल ग्रूपका संस्थापक अध्यक्ष तथा माई सेकेन्ड टिचर कार्यक्रमका काेफाउन्डर शुलभ वुढाथोकिकाे विषय प्रवेशबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियोे ।

