
Rbs
Amb
gms
Bksbus5
Gsl
Pbu
dsbus
Csbus
Jsbus
Nssbus7
Ssbus
Ratbs
Gsbus
Ddhbs

Ggd
Bbbpu
Bbu
Rsb
Ksm
nsb
Sbs
Tsm
Gst
Rgs
Pvg
Rgu
Rgu
Hal
Ssm
Asm
Wsp
Vor
Sls

Jmb
Rpp
Syp
Abd
Mks
sab
Ptm
Gsb
Jmb
Bml
Pls
bbt
Rmb
दाङ । घोराहीमा भएको बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीले उपाधि उचालेको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरुद्ध ७६ अंक लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयको हो ।
घोराही उपमहानगरपालीकाको खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय बास्केटवल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल आज भएको हो । विद्यार्थिहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गएको महत्वपूर्ण खेल बास्केटबललाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने र खेलाडिहमा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।
आज भएको फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन भने विराज पुन राइजिङ स्टार बनेका छन । सामुदायिक र संस्थागत विद्यालयहरुबिच प्रतियोगिता गर्ने घोराहि उपमहानगरपालीकाको निर्णय अनुसार बास्केटबल प्रतियोगिता गरीएको हो तर सामुदायिक विद्यालयहरुले भने भाग लिएका थिएनन् । यसैगरी संस्थागत ७ विद्यालयबाट ८ वटा समुह प्रतियोगितामा सहभागी भएका थिए । यि सबै समुहहरुलाई पछि पार्दै गुरुकुल एकेडेमीले उपाधि चुम्न सफल भएको हो ।
त्यस्तै गुरुकुल एकेडेमीले जिल्लामा हुने धेरै जस्तो प्रतियोगितामा प्रथम उपाधि पाइसकेको छ । शिक्षा क्षेत्रमा अब्बल बनेको विद्यालय खेल क्षेत्रमा पनि अब्बल बन्दै गइरहेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएको थियो भने विजेतालाई ट्रफि,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेता टिम गुरुकुल एकेडेमीको प्रशिक्षकमा बास्केटबल प्रशिक्षक राष्ट्रिय खेलाडी भुगोल कवर मगर रहनु भएको थियो भने प्रतियोगिता ब्यबस्थापनमा अतिरिक्त विभाग संयोजक विशालमान श्रेष्ठ रहनु भएको थियो ।
