Sidha Patra बुधबार, मंसिर १३, २०८०

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।

यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ । जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ ।

त्यस्तै पछिल्लो समय रुसी सेनामा भर्ती हुनेको संख्या बढिरहेको बताइन्छ । रुसी सेनामा भर्ती कार्य गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण बढिरहेको हो । परराष्ट्र मन्त्रालयले पत्र पाए पनि युद्धमा नेपाली मारिएको विषयमा कुनै औपचारिक जानकारी दिइसकेको भने छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]