
Ratbs
Rbs
Ddhbs
Amb
Csbus
Ssbus
Nssbus7
Bksbus5
Gsl
Pbu
gms
Gsbus
Jsbus
dsbus

nsb
Rgu
Bbbpu
Bbu
Sbs
Pvg
Hal
Wsp
Ggd
Ssm
Gst
Ksm
Rsb
Tsm
Asm
Vor
Rgu
Rgs
Sls

Gsb
Syp
Pls
sab
Jmb
Bml
Rmb
bbt
Abd
Jmb
Ptm
Mks
Rpp
दाङ । गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ ।
सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो । विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थिहरुलाई जनचेतना जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो ।
त्यस्तै सो कार्यक्रममा बिभिन्न १२ बिधामा छुट्टै कार्यक्रम भएका थिए । जस अन्तर्गत गुरुकुल एकेडेमीले प्रविधि सम्बन्धि जियोटेक नामक बिधाको कार्यक्रममा दोस्रो उपाधि हात पारेको हो भने थ्रिडि सफ्टवोर्ड डेकोरेसन बिधामा तेस्रो स्थान हासिल गरी उपाधि जितेको हो ।
यस्तै भारतमा आयोजित कार्यक्रममा रसिया, बहराइन लगायत बिभिन्न बिकसित मुलुकका ६१ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा नेपालको प्रतिनित्व गरी गएका ६ वटा विद्यालय मध्ये गुरुकुल एकेडेमीले २ वटा उपाधि हात पार्न सफल भएको गुरुकुल एकेडेमीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन दाङबाट गुरुकुल एकेडेमीका ३ जना शिक्षक र १० जना विद्यार्थि गरी १३ जनाको उपस्थिति रहेको थियो ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसि सहित समुह क्याप्टेन इन्द्र प्रशाद पोख्रेल र ब्यञ्जना पोख्रेल उपस्थित हुनुभएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवार्ड हासिल गरीसकेको गुरुकुल एकेडेमीले एस अघिपनि बिभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि भई बिभिन्न अवार्डहरु जितिसकेको छ । २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले जिल्लामा शैक्षिक क्षेत्रको राम्रो छाप बनाउन सफल भएको छ ।
त्यस्तै यस अघि २०७९को एसइई परीक्षामा ४ जिपिए प्राप्त गर्न सफल भएको विद्यालयका प्लस टु उतिर्ण गरी मेडिकल तर्फ र पुल्चोक इन्जिनियरीङ अध्ययण संस्थानको इन्ट्रान्स परीक्षामा ११ जना विद्यार्थिहरु नाम निकाल्न सफल भएका थिए जसका कारण विद्यालय अभिभावकको रोजाईमा पर्दै गएको छ ।
