दिपक ओली/घोराही शनिबार, मंसिर ०९, २०८०

दाङ । गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कायक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ ।

सिटि मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो । विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरणको संरक्षण सम्बन्धि संसारभरीका विद्यार्थिहरुलाई जनचेतना जगाउने उद्धेश्यले जियोफेस्ट नामक अन्तराष्ट्रिय कार्यक्रमको आयोजना गरीएको थियो ।

त्यस्तै सो कार्यक्रममा बिभिन्न १२ बिधामा छुट्टै कार्यक्रम भएका थिए । जस अन्तर्गत गुरुकुल एकेडेमीले प्रविधि सम्बन्धि जियोटेक नामक बिधाको कार्यक्रममा दोस्रो उपाधि हात पारेको हो भने थ्रिडि सफ्टवोर्ड डेकोरेसन बिधामा तेस्रो स्थान हासिल गरी उपाधि जितेको हो ।

यस्तै भारतमा आयोजित कार्यक्रममा रसिया, बहराइन लगायत बिभिन्न बिकसित मुलुकका ६१ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा नेपालको प्रतिनित्व गरी गएका ६ वटा विद्यालय मध्ये गुरुकुल एकेडेमीले २ वटा उपाधि हात पार्न सफल भएको गुरुकुल एकेडेमीका अन्तर्राष्ट्रिय बिभाग प्रमुख तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन दाङबाट गुरुकुल एकेडेमीका ३ जना शिक्षक र १० जना विद्यार्थि गरी १३ जनाको उपस्थिति रहेको थियो ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसि सहित समुह क्याप्टेन इन्द्र प्रशाद पोख्रेल र ब्यञ्जना पोख्रेल उपस्थित हुनुभएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवार्ड हासिल गरीसकेको गुरुकुल एकेडेमीले एस अघिपनि बिभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि भई बिभिन्न अवार्डहरु जितिसकेको छ । २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले जिल्लामा शैक्षिक क्षेत्रको राम्रो छाप बनाउन सफल भएको छ ।

त्यस्तै यस अघि २०७९को एसइई परीक्षामा ४ जिपिए प्राप्त गर्न सफल भएको विद्यालयका प्लस टु उतिर्ण गरी मेडिकल तर्फ र पुल्चोक इन्जिनियरीङ अध्ययण संस्थानको इन्ट्रान्स परीक्षामा ११ जना विद्यार्थिहरु नाम निकाल्न सफल भएका थिए जसका कारण विद्यालय अभिभावकको रोजाईमा पर्दै गएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]