
Unsku
Djs
Ggp
Srbpu
cjs
Sgr
Rgp1
Pbu
Rgp
Pes
Gfs
sbs
Lnp
pku

Asm
Ggd
Hal
Sls
Ssm
Gst
Tsm
Rgu
Rgu
Vor
Bbbpu
Ksm
Wsp
Rgs
Pvg
Rsb
Sbs
nsb
Bbu

Rmb
Pls
sab
Syp
Bml
Abd
Ptm
bbt
Rpp
Mks
Gsb
Jmb
Jmb
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद डा.विद्यानाथ कोइराला,पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थीसंग अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले खुला विश्वविद्यालयसंग समन्वय गर्दै आधुनिक शिक्षा र धार्मिक शिक्षासंग संगै लैजाने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गर्दै स्नातक तहका लागि खुला विश्वविद्यालयसंग समन्वय गर्ने बताए।
कार्यक्रममा बोल्दै खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइले मदरसामा कक्षा १२ (आलिम) पास गरिसकेका विद्यार्थीले खुला विश्वविद्यालयमा स्नातक तहमा स्लामिक स्टडीज तथा समाजशास्त्र विषय अध्ययन गरेर विद्यार्थीहरू सरकारी सेवा तथा अन्य सेवामा सजिलै प्रवेश गर्न मदरसाका विद्यार्थी जाने बाटो खुल्ने बताउदै आफूहरू मदरसाका विद्यार्थीसंग समन्वय गर्न तयार रहेको बताए।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सेराज फारूकीले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूदको पहल सराहनीय रहेको तथा मुस्लिम समुदाय र मदरसा शिक्षाको बारेमा सदनमा कुरा उठान गरिरहेको बताउदै मुस्लिम समुदायले समेत शिक्षामा सुधार ल्याउदै देशको हरेक क्षेत्रमा अगाडि आउनु पर्ने बताए।
त्यस्तै कार्यक्रममा बोल्दै अब्दुल शबूर नदवीले मदरसा बोर्डको पहल सराहनीय रहेको बताउदै मौलाना मशहूदको पहलले मदरसा शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने कुरा अविस्मरणीय रहने बताए। विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रममा शेख अब्दुल रशिद मदनीले सहजीकरण समेत गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ,शिक्षाविद डा.विद्यानाथ कोइराला,प्रतिनिधि सभा सदस्य सेराज फारूकी,जाबेद आलम खान, अब्दुल शबूर नदवी लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा डा. शहाबुद्दीन,वृजेश कुमार गुप्ता,हैदर अली,जंग बहादुर,नदीम इद्रीशी,अब्दुल नूर सिराजी, अब्दुल सत्ततुर नदवी,खालीद रशीद,असरफ खान, वसीउल्ला मदनी लगायत शिक्षक विद्यार्थीको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।
