
sbs
pku
Unsku
Pes
Pbu
Lnp
Srbpu
Gfs
Rgp1
Sgr
Ggp
cjs
Djs
Rgp

Asm
Pvg
Tsm
Vor
Rgs
Ggd
Ssm
Sbs
Rgu
Sls
Rgu
Ksm
Rsb
Gst
Bbbpu
nsb
Wsp
Hal
Bbu

Bml
Ptm
Rmb
Jmb
bbt
Jmb
Abd
Gsb
Mks
sab
Syp
Pls
Rpp
पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ ।
जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलले जानकारी दिए । जिप अत्यधिक स्पीडमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाँडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।
