
Rgp1
Unsku
Gfs
cjs
Rgp
sbs
Srbpu
Lnp
Djs
pku
Pes
Ggp
Pbu
Sgr

Sls
Wsp
Bbu
nsb
Bbbpu
Ksm
Rgu
Ggd
Rgs
Gst
Rgu
Hal
Asm
Tsm
Vor
Sbs
Ssm
Pvg
Rsb

bbt
Pls
Ptm
Mks
Jmb
Rpp
Bml
Gsb
Jmb
Rmb
Syp
Abd
sab
पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको पौडेलले बताए । दुर्घटनास्थलमा प्रहरी उद्दारमा खटिएको छ । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २.४ किलोमिटर उत्तर एस मोडमा घुमाउँदा ब्रेक नलागेर जीप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
