
sbs
Unsku
Rgp
Sgr
cjs
Djs
Gfs
Pbu
pku
Ggp
Pes
Srbpu
Rgp1
Lnp

Vor
Sbs
Ssm
Rsb
Hal
Rgu
Ggd
Wsp
Asm
Bbbpu
Bbu
Tsm
nsb
Sls
Rgu
Rgs
Pvg
Ksm
Gst

sab
Rpp
Pls
Syp
Bml
Mks
Jmb
bbt
Jmb
Ptm
Abd
Gsb
Rmb
दाङमा भरुवा बन्दुकले ज्यान मारेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अस्ति बिहीबार दिउँसो दाङको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएको बेला केसीले भरुवा बन्दुकले हानेर २८ वर्षीय जुगरू चौधरीको हत्या गरेका थिए । चौधरी सशस्त्र प्रहरीमा कार्यरत थिए। उनको शव वनमा फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा केसीले भरुवा बन्दुकले गोली हानी चौधरीको हत्या गरी फरार रहेको खुलेपछि प्रहरीले केसीको खोजतलास गरेको हो।
खोजतलासको क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केसीलाई पक्राउ गरेको हो । केसीसँगै प्रहरीले एक थान भरुवा बन्दुक, एक सय ७८ थान छर्रा , एक सय ६६ ग्राम बारुद, सुतिको कपडाको टुक्रा ५ थान बरामद गरेको थियो ।
केसीमाथि हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
