
Ratbs
Bksbus5
Amb
Nssbus7
Jsbus
Csbus
Gsl
gms
dsbus
Ddhbs
Ssbus
Pbu
Gsbus
Rbs

Wsp
Pvg
Rgu
Sls
Ssm
Vor
Gst
nsb
Rgu
Sbs
Bbbpu
Bbu
Rgs
Ksm
Asm
Tsm
Ggd
Rsb
Hal

sab
Jmb
Abd
Syp
Rpp
Jmb
Bml
Gsb
Pls
Rmb
bbt
Ptm
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा खुल्ला भलिबल प्रतियोगिता तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष कुलराज कँवरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले पालिका भित्रका क्लबहरुलाई दर्ता गरि प्रक्रियागत रुपमा कार्यक्रम संचालन गर्न आग्रह गर्नु भएको छ । गाउँपालिकाबाट आफुले विभिन्न धार्मिक,सांस्कृतिक तथा खेलकुद कार्यक्रमका लागि बजेट छुटाएको हुँदा उक्त बजेटबाट कार्यक्रम संचालन गर्नका लागि संस्थाहरु अनिवार्य रुपमा दर्ता भएको हुनुपर्ने बताउनु भयो ।
पालिका भित्र रहेका विभिन्न क्लब तथा संस्थाहरु दर्तागरि प्रक्रिया पुराएर गाउँपालिकामा आएको खण्डमा आफुहरुले बजेट उपलब्ध गराउनेमा कुनै समस्या नपर्ने गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि बुढाथोकीले कार्यक्रममा जोड दिनु भयो ।
त्यस्तै राजपुर गाउँपालिकाले आउँदो शैक्षिक सत्रबाट होस्टेल सहित कक्षा १२ सम्म नि:शुल्क पठनपाठन कार्यक्रमलाई पनि अघि बढाइरहेको समेत पालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
दियो असल शासन युवा क्लबका अध्यक्ष गुल्सन सुनारको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा कार्यक्रममा समाजसेवी एवं बुद्धिजिवी टोपेन्द्र खनाल,समाजसेवी देबिराम सुनार (अपिल)ले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
असल शासन युवा क्लब तथा पाँच पुर्णिामा मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न भलिबल प्रतियोगिता तर्फ पहिलो राजपुर-६ कल्याणपुर नाका,दोस्रोमा राजपुर-१ पटौली नाका,तेस्रोमा राजपुर-४ मुङ्ग्रेठा खोला विजय भएको छ । यस्तै नृत्य प्रतियोगितामा आयोजक टिम प्रथम भएको कार्यक्रमको संचालन राजपुर-१ का दलित तथा महिला सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।


