Sidha Patra शनिबार, कार्तिक ११, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करंगामा साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

पाँच पूर्णिमा मेला व्यवस्थापन समितिका अध्यक्ष वीर सिङ रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले संस्कृति र संस्कारलाई बचाउनको लागि सबैजना एकजुट हुनुपर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले राजपुर गाउँपालिका दाङ जिल्लाको दश वटा पालिका मध्यको पिछडिएको पालिका भएपनि अब विकासको हकमा समृद्ध पालिकाको रुपमा पहिलो बनाउने योजना रहेकोे हुँदा सम्पूर्ण राजपुर बासीलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्नु भयो ।

मेला व्यवस्थापन समितिका संस्थापक अध्यक्ष पदम बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य दोय महेश कुमार यादव,झुपलाल वलीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पाँच पूर्णिमा मेला व्यवस्थापन समिति र जनजाती बाल तथा युवा क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको भलिबल खेल तर्फ पहिलो राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोला,दोस्रो वडा नम्बर ५ महतेनिया खोला,तेस्रोमा आयोजक टिम बिजय भएका थिए ।

विविध कार्यक्रमका बीच सम्पन्न भएको कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का दलित तथा महिला सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]