
Gsl
gms
Nssbus7
Amb
Jsbus
Ssbus
Pbu
Rbs
Gsbus
dsbus
Csbus
Ratbs
Bksbus5
Ddhbs

Ggd
Rgs
Hal
Rgu
Ssm
Sbs
Bbu
Vor
Rsb
Bbbpu
Sls
nsb
Ksm
Rgu
Asm
Wsp
Pvg
Tsm
Gst

Pls
Ptm
Jmb
Gsb
bbt
Mks
Abd
Syp
Jmb
Bml
Rpp
sab
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करंगामा साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
पाँच पूर्णिमा मेला व्यवस्थापन समितिका अध्यक्ष वीर सिङ रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले संस्कृति र संस्कारलाई बचाउनको लागि सबैजना एकजुट हुनुपर्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले राजपुर गाउँपालिका दाङ जिल्लाको दश वटा पालिका मध्यको पिछडिएको पालिका भएपनि अब विकासको हकमा समृद्ध पालिकाको रुपमा पहिलो बनाउने योजना रहेकोे हुँदा सम्पूर्ण राजपुर बासीलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्नु भयो ।
मेला व्यवस्थापन समितिका संस्थापक अध्यक्ष पदम बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य दोय महेश कुमार यादव,झुपलाल वलीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पाँच पूर्णिमा मेला व्यवस्थापन समिति र जनजाती बाल तथा युवा क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको भलिबल खेल तर्फ पहिलो राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोला,दोस्रो वडा नम्बर ५ महतेनिया खोला,तेस्रोमा आयोजक टिम बिजय भएका थिए ।
विविध कार्यक्रमका बीच सम्पन्न भएको कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का दलित तथा महिला सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।

