
Bksbus5
Ddhbs
Gsl
dsbus
Ssbus
Nssbus7
Ratbs
Pbu
Amb
gms
Csbus
Jsbus
Gsbus
Rbs

nsb
Tsm
Sls
Sbs
Bbbpu
Rsb
Asm
Rgs
Hal
Ksm
Pvg
Rgu
Ggd
Gst
Rgu
Ssm
Wsp
Bbu
Vor

Mks
bbt
Pls
Gsb
sab
Jmb
Bml
Rpp
Abd
Jmb
Rmb
Syp
Ptm
काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।
उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए ।
जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका थिए । दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गरेका थिए ।
पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई चौहा हान्दा युएईले पहिलो ओभरमै १७ रन जोड्यो । त्यसपछि युएईले आक्रमक ब्याटिङ गर्दै दोस्रो ओभरमा १० रन जोड्यो भने त्यसपछिको तीन ओभरमा ११–११ रन जोड्यो । युएईले पावर प्लेमा विना क्षति ६७ रन बनाएको थियो । नेपालले वासिमलाई दुई पटक आउट गर्ने अवसर पाएको थियो, तर कमजोर फिल्डिङ गर्दा क्याच ड्रप गर्यो ।
त्यस्तै सातौं ओभरको चौथो बलमा गुल्सन झाले कप्तान वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदै पहिलो विकेट लिए । २२ बलको समना गरेका बासिम ७ चौका र २ छक्का मदतमा ४५ रन बनाएर पभेलियन फर्किए । अर्यान्श ३५ रन, आसिफ खान ७ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९४/३ थियो ।
वृत्य अरवीन्दले चौथो विकेटका लागि अलीशान शराफूसँग २६ रनको साझेदारी गरे । शराफू ११ रनमा आउट भए । यएईले थप ७ रन जोड्दा अरवीन्द्रलाई दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिटमार्फत रन आउट गरेका थिए । तर बसिल हमिद र अली नासीरले २५ रनको साझेदारी गर्दै यूएईलाई जित नजिक पु¥याए । नसीर ११ रनमा आउट भए, जतिबेला यूएईको स्कोर १५२/६ थियो र ८ बल बाँकी थियो । अभिनाश बोहोराको ओभरको अन्तिम बलमा आयान अफ्जल खानले चौका हानेपछि अन्तिम ६ बलमा ७ रन चाहियो ।
रोहितकुमार पोडेलले करण केसीलाई बल दिए । पहिलो बलमा २ रन खर्चिएका उनले दोस्रो बलमा रन दिएनन् । त्यसपछि एक रन, वाइड र एक रन दिएपछि यूएईलाई अन्तिम २ बलमा मात्र २ रन चाहियो । अन्तिम ओभरको पाँचौं बलमा हमिदले छक्का हान्दै यूएईलाई सिरिजको उपाधि दिलाए ।
नेपालका गुल्सन झा र अभिनाश बोहोराले २/२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए । करण केसी सबभन्दा महंगा साबित भए । ३.५ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए ।
यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । भुर्तेलले सर्वाधिक ५० रन बनाए । लोअर अर्डरमा करण केसीले अविजित २३ रन योगदान गरे ।
पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गर्दै नेपाललाई ठिकठाकको सुरुवात दिलाएका थिए । यसअघि मुलपानी क्रिकेट मैदानमा भएको लिग चरणको चार खेलमा संघर्ष गरेका कुशल भुर्तेलले फाइनलमा भने आक्रमक ब्याटिङ गर्दै छैटौं टी२० आई अर्शधतक बनाए । तर उनी लामो समय क्रिजमा टिकेनन् । उनले अर्धशतक पूरा गरेलगत्तै आउट भए । उनले २९ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ५० रन बनाए ।
भुर्तेल हुनुअघि नै नेपालले दुई विकेट गुमाइसकेको थियो । ओपनर आसिफ शेख ७ र वान डाउनमा आएका कुशल मल्ल १ रनमा आउट भए । दुवैलाई मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात युएईका अफजल खानले आउट गरे ।
पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका उनले उनले छैटौं बलमा शेखलाई बोल्ड गरे । आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो । तीन विकेट गएपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । यो जोडीले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए ।
युएईका अली नासेरले १३औं ओभरको पहिलो बलमा रोहितलाई आउट गर्दै साझेदारी तोडे । रोहितले १७ बलमा १८ रन बनाए । चौथो बलमा उनले ऐरीलाई बोल्ड गरे । १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।
त्यसपछि नेपालले थप ३ विकेट गुमायो । सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसीले लोअर अर्डरमा तीन बाउन्ड्री हान्दै स्कोर उकासेका थिए । उनले १९औं ओभरमा १७ रन जोडेका थिए । १७ बलको सामना गरेका करण २ चौका र १ छक्का मदतमा अविजित २३ रन बनाए ।
यूएईका आयान खानले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । अली नासीर र जाहुर खानले २–२ विकेट लिए । ४ ओभरमा जहुरले २६ र नासीरले ३६ रन खर्चिएका थिए । जुनैद सिद्दिकीको नामम १ विकेट रह्यो । युएईका मुहम्मद जवादुल्लाह मात्र विकेटविहीन रहे ।
टससँगै खेल पनि हार्यो
१३ कात्तिकदेखि काठमाडौंमै सुरु टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजित त्रिकोणात्मक श्रृखलामा नेपाल र यूएईसँगै हङकङले पनि खेलेको थियो । नेपालले लिग चरणको चार वटै खेल जित्यो । सबैमा टस जितेको नेपालले तेस्रो खेलमा बाहेक सबै पहिले फिल्डिङ रोजेको थियो । शुक्रबार फाइनलमा नेपालले टस मात्र गरेन, खेल पनि गुमायो ।
यूएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो । अन्तिम खेलमा हङकङसँग पराजित भएपनि नेट रनरेटमा आधारमा फाइनलमा नेपालसँग भेट पक्का गरेको थियो । लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो भने फाइनल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा । करिब १० हजार घरेलु समर्थकमाझ नेपाललाई ६ विकेटले पराजित गर्दै युएईले उपाधि जित्यो ।अनलाइनखबर
