
Unsku
pku
Rgp
Sgr
Pbu
Lnp
Rgp1
Ggp
Srbpu

Ggd
Rgs
Wsp
Rgu
Gst
Pvg
Sls
Rsb
Sbs
Bbbpu
Asm
Ssm
Ksm
Hal
Rgu
Bbu
Tsm
Vor
nsb

Ptm
Abd
Mks
Pls
Rmb
Gsb
Syp
bbt
Jmb
sab
Bml
Jmb
Rpp
गुल्मी । गुल्मीमा किबी खेती विस्तार हुँदै गएको छ । व्यवसायीक खेतीको नयाँ विकल्पको रुपमा यहाँका किसानले किबी खेतीलाई रोज्न थालेका छन् ।
जिल्लाको भार्से गाउँमा यसअघि नै किबी खेती हुने गर्थ्यो । तर, पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किबी खेती हुन थालेको छ । कालीगण्डकी, चन्द्रकोट,सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीयतहमा खेती हुँदै आएको छ । यतिबेला किबी फल टिप्ने बेला सुरु भएको छ । किबी कात्तिक महिनादेखि मंसिर अन्तिमसम्म पाक्ने गर्दछ ।
किबी खेती गरेका गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-९ मा वीरबहादुर कार्कीले यस वर्ष राम्रै उत्पादन भएको बताए । २०७२ सालदेखि किबी खेती सुरु गरेकोमा ०७५ सालदेखि उत्पादन हुन थालेको थियो । उनले यस वर्ष पाँच क्विन्टल उत्पादन भएको उनले बताए ।
कार्की जस्तै जिल्ला अरु धेरै कृषकहरु किबी खेतीमा लागेका छन् । महङ्गोमा बिक्री हुन थालेपछि र कम मिहिनेत गरे पनि हुने भएपछि यो खेतीमा धेरैको आकर्षण बढ्न थालेको छ । गुल्मीमा उत्पादित किबी तम्घास बजारमै खपत हुने गरेको किसानहरू बताउँछन् । अहिले किबी सरदर ३०० रुपैयाँदेखि ५०० रुपैयाँ प्रति किलो बिक्री हुने गरेको छ ।
त्यस्तै धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १ सय रुपैयाँ प्रतिकिलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउँछन् ।सुन्तला र स्याउ नहुने बीचको क्षेत्रमा किबी खेती हुने गर्दछ । समुद्री सतहदेखि १२ सय मिटरभन्दा माथि किबी खेती हुने गर्दछ । जिल्लामा १२ सय मिटर माथिका भाग धेरै रहेकाले किबी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा हाल एक हजार हेक्टर क्षेत्रफलमा सजिलै किबी खेती गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए । नेपालका धेरै ठाउँमा किबी खेती हुँदै आएकाले बजारीकरणमा समस्या रहेको छ । नेपालमा उत्पादन हुँदै आएको किबीमा विदेशी भन्दा अलिकति अमिलोपना पनि रहेको छ । धेरै फल्ने र अरु खेती नहुने ठाउँमा पनि किबी राम्रो हुने गर्दछ ।
किबी प्रवर्द्धन कार्यक्रम
कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा किबी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किबी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुने गर्दछ ।
अहिले कालिगण्डकी,सत्यवती र मालिकाको हृवाङदी, नेटमा किबी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । तर, यो सहयोग नगन्य रुपमा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ । यस वर्ष किबी बिशेष कार्यक्रम भनेर कालीगण्डकी गाउँपालिकाको वडानम्बर १ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किबी खेती विस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यो फार्म जिल्लाकै नमूना रुपमा अगाडि बढाइँदैछ । चिसो हावापानी भएको ठाउँमा मकै, आलु, कोदो खेती र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानीय बासिन्दा हरु जीवन निर्वाहा गरिरहेका छन् । तर पछिल्लो समय यता बिस्तारै कृषि वालीमा परिवर्तन गर्न खोजीरहेका छन् । हाल उत्पादन भएको फल महँगोमा बिक्री भएपछि कृषकहरु यसको व्यवसायिकता बढाउन लागिपरेका हुन् । राम्रो फल फलाउन गर्नुपर्ने बगान व्यवस्थापन कार्यहरु काँटछाँट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिँचाइ कार्यमा सुधार र कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी पर्दछ ।
