
Rgp
Sgr
Rgp1
Lnp
Unsku
Pbu
pku
Srbpu
Ggp

Wsp
Pvg
Rgs
Sbs
Asm
Ssm
Ksm
Sls
Rgu
Tsm
Rgu
nsb
Bbu
Gst
Hal
Bbbpu
Rsb
Vor
Ggd

bbt
Mks
Bml
Ptm
Jmb
Rmb
Syp
Rpp
Jmb
Gsb
Pls
Abd
sab
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ ।
कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो ।
त्यस्तै तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।
कृष्णनगरको बजार क्षेत्र हुदै जाने बिस भन्दा बढी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।
कृष्णनगमा मूर्ति विसर्जनको क्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, सुनिल मोदनवाल, संजय गुप्ता, वडा सदस्य राहुल मोदनवाल, आशिष कौशल, संदीप जयसवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।
