
Rgp
Sgr
Pbu
Lnp
Ggp
Rgp1
Srbpu
pku
Unsku

Gst
Sls
Rgs
Rgu
Bbbpu
Ksm
Rgu
Hal
Ggd
Rsb
Ssm
Pvg
nsb
Sbs
Wsp
Tsm
Asm
Bbu
Vor

Rmb
bbt
Pls
sab
Rpp
Jmb
Mks
Ptm
Jmb
Syp
Abd
Gsb
Bml
दाङ । देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८÷३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।
बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमही देखि लठ्ठहवा घर तर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते भएका थिए ।
त्यस्तै घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको छ । मृतकको शवलाई अहिले स्वास्थ्य चौकीमै राखिएको छ ।
